इटहरी चोकको सौन्दर्यताका लागि युवाहरु सक्रिय

इटहरी । पूर्वाञ्चलकै सुन्दर सफा र हरियाली चोक एवम शहरको उपनामले परिचय बनाई सकेको इटहरी उपमहानगरको मुख्य चोक तथा आसपासका क्षेत्रको हरियालीसँगै सफाई अभियानलाई नीजि क्षेत्रबाट विशेष सरसफाइ तथा सौदर्यता दिन युवाहरु जुटेका छन् । स्थानीय तहमा जननिर्वाचित पदाधिकारीहरु आई सकेको लामो समय वितिसक्दा पनि पूर्वाञ्चलकै मुख्य चोकका रुपमा रहेको स्थानको सफाई र त्यहाँ रोपिएका हरियाली बनाउने बोट विरुवा आदिका संरक्षणमा विशेष ध्यान नदिएकोले स्थानिय संघ संस्था क्लबमा आबद्ध युवाहरुले चासो राख्दै सफाई अभियान एवम रङ्गरोगन गर्ने अभियानलाई तिब्रता दिएको छन् ।

लायन्स क्लव अफ ग्रिन सिटी इटहरी र त्यसको भातृ संस्थाका रुपमा रहेका लियो क्लवमा आवद्ध युवाहरुको सक्रियतामा इटहरी चोक तथा त्यसको आसपासका सडकहरुको बीचमा रहेका ग्रिनबेल्ट एवम त्यसको घेरावेरा गरिएका रेलिङ्ग आदिको सफाईसँगै रङ लगाउने कार्य भई रहेको लायन्स क्लव अफ ग्रिन सिटीका अध्यक्ष सुकदेव घिमिरेले जानकारी दिनुभयो । तिहार जस्तो चाँड नजिकिदै गर्दा पनी इटहरीको हरियालीसँगै यहाँको बातावरणको सुन्दरतालाई इटहरी उपमहानगर पालिका,जनप्रतिनिधीले चासो नदेखाकोले यस लाई जीवित राख्नका लागि आवश्यक पर्ने हरियालीका लागि क्लवले विरुवा,फुलहरु रोप्ने,चोक क्षेत्रमा रहेको बत्तिहरुको पनी मर्मत गरी आकर्षक बनाउने अभियान अघि बढाईएको अभियान्ता हिरा आचार्यले बताए ।

इटहरी चोक र आसपासका स्थानलाई सफा हरियाली र सुन्दर बनाउने अभियानमा ३९ जना लायन्स र ४३ जना लियोका युवाहरुको सक्रियता रहेको तथा त्यस क्रममा बजारको बीच भागमा रहेको टेङ्ग्रा खोलाको सफाईलाई समेत विशेष सफाई अभियानका रुपमा दैनिक कार्य हुदै आएको लायन्स क्लव अफ ग्रिन सिटीका अध्यक्ष सुकदेव घिमिरे जानकारी दिए । इटहरीको हरियालीसँगै बजार र चोक क्षेत्रमाको ब्यवस्थापनका लागि नगरपालिका संग सहकार्य गरी यो अभियान लाई निरन्तरता दिने लायन्स क्लव अफ ग्रिन सिटीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...