इटहरीमै सिटी र्याफ्टिङ संचालन

इटहरी / इटहरीमा नै मुहान भएर इटहरी बजार भएर बग्ने टेंग्रा खोलामा पहिलो पटक सिटी र्याफ्टिङ संचालन भएको छ । इटहरीको वडा नम्बर चारले बनाएको टेंग्रा खोलामा व्यवशायिक सिटी र्याफ्टिङ संचालनको परिक्षण अध्ययनको लागी र्याफ्टिङ संचालन गरिएको थियो । पहिलो परिक्षणमा नै इटहरीमा सिटी र्याफ्टिङको संवानाको आशा सफल भएको सेवा प्रदायक सुरेश बस्नेतले बताए ।

सिटी र्याफ्टिङको लागी थोरैमा एक फिट गहिरो पानी र चार मिटरको चौडाइ भएको खोलामा गर्न सकिने समेत गाइड बस्नेतले बताए । तमोर, अरुण, सुनकोशी लगायतका पुर्वका सबै नदि र खोलामा र्याफ्टिङ गराँउने इजाजत प्राप्त सेवा प्रदायक रिभर डिप र्याफ्टिङका बस्नेतले इटहरीको चार नम्बर बडा क्षेत्रमा जमेको र बगेको दुवै खाले पानी भएकोले त्यहाँ बाढि बाहेका सबै समय र्याफ्टिङ संचालन हुने बताए ।

व्यवहारिक अध्ययनको लागी आफै र्याफ्टिङ गर्न पुगेका इटहरी– ४ का वडाअध्यक्ष चन्द्र भट्टराईले आफुले चुनावि घोषणापत्रमा टेंग्रामा र्याफ्टिङ र बोटिङ गरेर पर्यटकिय हब बनाँउने कुरा गरेको र पुरा हुने लक्षण देखेर खुशी भएको बताए । ‘यो कुनै प्रोपागान्डा हैन यो व्यवहारिक अध्ययन थियो र हामी सफल भएका छौ’, भट्टराईले भने, ‘अध्ययन भएकैले सबैलाइ खबर समेत नगरेका थियौ।’

शनिवार सफल सिटी र्याफ्टिङ भएको इटहरीको टेंग्रामा बोटिङ र र्याफ्टिङ बारेमा विज्ञ भेला गरेर प्रारम्भिक रिपोर्ट बुझाउ वडा नम्बर चार समितीले यहि असोज ६ गते बेग्लै समिती नै वडा बैठककबाटै बनाएको छ । वडा सदस्य डिबी राई संयाजक रहेको पाँच सदस्य समितिमा टेंग्रामा बोटिङ र र्याफ्टि गर्न सकिने कुरा उठाँउदै आएका पर्यटन पत्रकार विराट अनुपम, पर्यटन पत्रकार शेखर ढकाल र स्थानिय अगुवा युवाहरु होमनाथ धमला र सुनील कार्की सदस्य रहेका छन । समितिले चाँडै रिभर गाँइड, बातावरण इन्जिनियर र अन्य पर्यटनकर्मिसँग छलफल गरेर आफ्नो अध्ययनको पहिलो प्रतिवेदन दशै पछाडी बुझाँउने समिती सदस्य होमनाथ धमलाले बताए । सबै प्रतिवेदन र डिपीआर पुरा भएपछि ढिलोमा नयाँ बर्ष २०७५ बाट इटहरीमा व्यवशायी सिटी र्याफ्टिङ संचालनको संभावना देखिएको समिती संयोजक डिबी राई बताँउछन ।

 

तपाईको प्रतिक्रिया