आयोगले पहिलो चरणमा एक हजार मुद्धा छानवीन गर्ने

मोरङ,२७ पुस । सत्य निरुपण तथा मेलमिलाप आयोगले पहिलो चरणमा एक हजार मुद्धा छानवीन गर्ने भएको छ । आयोगमा परेका उजुरी मध्ये ‘फाईलट प्रोजेक्ट’का रुपमा एक हजार मुद्धा हेर्ने तयारी गरिएको आयोग सदस्य मञ्चला झाले जानकारी दिनुभयो । आयोगले पहिलो पटक ७ वटा प्रदेशमा फाईलट प्रोजेक्टका रुपमा एक हजार मुद्धा छानवीनका लागि पठाउने उहाँले बताउनुभयो । उहाका अनुसार आयोगले मुद्धाहरु केन्द्रवाट नहेरेर प्रदेश स्तरवाट छानवीन गर्ने भएको छ ।

आयोगमा हाल सम्म परेका ५८ हजार २२ वटा उजुरीलाई ७ वटा प्रदेशवाट छानवीन गर्ने तयारी गरिएको आयोगकी सदस्य झाले जानकारी दिनुभयो । स्थानीय स्तरवाट उजुरीमाथि छानवीन गर्ने उद्देश्यले आज विराटनगरमा गरिएको छलफल कार्याक्रममा आयोग सदस्य झाले उच्च सरकारी वकिलको कार्यालयमा प्रदेश नंवर १ को कार्यालय खडा गरिने बताउनुभयो । कार्यालयका लागि अर्थ मन्त्रालयले १ करोड १४ लाख रुपैयाँ बजेट स्विकृति दिएको उहाँको भनाई छ ।

आयोगले गत वैशाख दुई गतेबाट द्वन्द्वकालमा राज्य र तत्कालिन विद्रोही माओवादीबाट पीडित भएकाहरुको उजुरी लिने व्यवस्था गरेको थियो । आयोगमा परेका उजुरीको व्यक्तिगत फाईल खडागरि छानवीनको तयारी गरिएको उहाँको भनाई छ । मुद्धाको छानवीनका लागि सहन्यायाधिवक्ताको संयोजकत्वमा स्थानीय विज्ञ टोली सम्मिलित हुनेछन् । प्रदेश नंवर १ वाट आयोगमा ६ हजार ७ सय २२ वटा आयोगमा उजुरी परेको छ ।

छलफल कार्यक्रममा एडभोकेसी फोरमकी अधिवक्ता रुक्मणा दाहालले ओयागले प्रदेश कार्यालय विराटनगर केन्द्रित भन्दा पनि उजुरी वढी परेका क्षेत्रमा राख्नुपर्ने सुझाव दिनुभयो । उहाँले विराटनगर प्रदेश नंवर १ का १४ वटै जिल्लाका लागि उपयुक्त हुन नसक्ने तर्क गर्नुभयो । पिपुल फोरमकी अधिवक्ता कला त्रितालले सहन्यायाधिवक्ताको व्यस्तताले मुद्धा किनारामा ढिला हुन सक्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

Loading...