आनन्दको सपना क्षणभरमै बालुवामा परिणत भएपछि…..

माेरङ । दैनिक ज्यालादारी गरेर पनि राम्रै आयआर्जन गरेका थिए,बेलबारी १ का आनन्द देव रामले,बेलबारी बजारमा जुत्ता सिलाएर आर्जन गरेको रकमले उनले एउटा चिटिक्क परेका घर पनि निर्माण गरेका थिए । उनको परिवार हाँसीखुसी थियो,सधै दिनभर उनी काममा जान्थे,श्रीमती घरब्यबहार र छोराछोरी स्याहार गर्थिन । बेलुका उनी घर फर्किन्थे हाँसीखुसी परिवार सँग रमाउथे,जिवनका रंगीचंगी सपना देख्थे अनि सुन्दर बिहानीको कल्पना गदैृ निदाउथे । शनिबार पनि उनको दैनिकी सदाझै थियो । उनी कामबाट घर फर्किए । उनको परिवार त्यसदिन पनि हाँसीखुसी थियो ।

तर अचानक राति उनीहरुको सुन्दर सपनामा एकाएक बज्रपात भयो । घरको छेऊमै बग्ने लोहन्द्रा खोलाले उनीहरुको सपना केही क्षणमै चकनाचुर बनायो । अबिरल बर्षा सँगै उर्लिएको लोहन्द्राले १३ लाखको लागतमा निर्माण गरेको उनको घर र ११ लाखमा निर्माण भएको उनको बहिनी शुसिला रामको घर पनि बाढीले बगायो । जसोतसो उनीहरु भागेर बाँच्न सफल भए । पशु चौपायाहरु त् जोगाए तर जीवनभरि दुख गरेर कमाएको घर भने केही क्षणमै बालुवामा परिणत भयो । पक्की ५ कोठा र ३ कोठाको घर बगाएपछि उनीहरु यतिबेला सुकुम्बासी बनेका छन ।

दाजु बहिनीको १ कठठा जमिन समेत बगाएको छ । उनीहरुको सँगै आसपासको दर्जनौ बिगाहा जमिन समेत बाढीले बगाएको छ । राम दाजुबहिनी र उनीहरुको परिवार यतिबेला छिमेकी लाल बहादुर बस्नेतको घरमा शरण लिएर बसेका छन । जिवनभर कमाएको सम्पत्ति क्षणभरमै रामको आँखामा आँसु टिल्पिलाए । उनीजस्ता दर्जनौ ब्यबसायी पनि यतिबेला भएभरको सम्पत्ति पानीले डुबाएपछि पिडित बनेका छन । बेलबारी ३ मा मात्र २७ घर बिस्थापित भएका छन भने दर्जनौ बिगाहा जमिन बाढीले बगाएको छ ।

 

तपाईको प्रतिक्रिया