आज थारु समुदायमा जितिया पर्व धुमधामसंग मनाइदै

उदयपुर / आज थारु समुदायमा जितिया पर्व धुमधामसँग मनाइदै छ । थारु समुदायमा हर्सो उल्लासको साथ छोरा छोरीको सुःख, समृद्धि, शान्ति तथा दिर्घ जिवनको कामना गर्दै आज जितिया पर्व मनाइदै छ ।थारु समुदायको महत्वपूर्ण चाड पर्व मध्येको जितिया एक हो ।

जितिया पर्व पूर्व मेचीको झापादेखि पश्चिमको कपिलवस्तुसम्मको थारु समुदायमा यो पर्व मनाइने गरिन्छ । त्यस्तै आज उदयपुर, सिरहा, सप्तरी, सुनसरी, मोरङ, धनुषा, महोत्तरी लगायतका जिल्लाहरुमा धुमधामका साथ जितिया पर्व मनाइदै छ ।

विशेषत माइत घर छोडी ससुराली घरमा गएका नव विवाहित र विवाहित महिलालाई माइती घरमा बोलाई लामो समयको भेटघाट, दुःख, सुःखको भलाकुसारी गर्ने दिनको रुपमा पनि थारु समुदायमा यस पर्वलाई लिईन्छ । दाजुभाई र दिदि वहिनीको माया,प्रेम तथा स्नेहको प्रतिकको रुपमा लिइने यो पर्व थारु समुदायको महत्वपूर्ण चाड मध्येको प्रमुख हो ।

यस पर्वमा दाजुभाईले दिदी बहिनीहरुलाई माइतमा बोलाई मिठो मिठो खानेकुरा खुवाई ससुराली पठाउने गर्दछ । दाजुभाईले ससुरालीबाट माईती आएका दिदी बहिनीलाई एक जोर कपडा फेरीदिने पनि चलन रहेको छ ।

तपाईको प्रतिक्रिया