असल शासन क्लबको नवौं साधारण सभा सम्पन्न

भोजपुर ३ पुष । विगत डेढ दशकदेखि भ्रष्टाचारविरुद्धको अभियानमा भोजपुरमा क्रियाशिल न्यायशील असल शासन क्लबको १५ औं वार्षिकोत्सव तथा नवौं साधारण सभा आइतवार बोखिममा सम्पन्न भएको छ । क्लबका अध्यक्ष पूरुपोत्तम दाहाललको अध्यक्षतामा भएको साधारण सभाले फविन्द्र प्रधानको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा चन्द्रकला राई, सचिवमा धनबहादुर प्रधान, कोषाध्यक्षमा कौशिला प्रधान र सदस्यहरु अजित दर्जी, देवराज प्रधान, लक्ष्मी प्रधान, प्रतिक्षा श्रेष्ठ र पुरुषोत्तम दाहाल चयन हुनुभएको छ । साथै क्लबले समितिका सदस्य लक्ष्मी प्रधानलाई सूचना अधिकारी नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

साधारण सभाबाट क्लबको गत आर्थिक वर्षको ७६ हजार १ सय ३४ रुपैया बराबरको आय व्यय विवरण पारित भएको छ । २०५८ सालमा रेडियो नेपालबाट प्रशारण हुने प्रो पब्लिकको असल शासन रेडियो कार्यक्रमसंग आबद्ध भई गठन भएको थियो । क्लबले २०६४ सालमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भई जिल्लामा गैरसरकारी संस्थाको रुपमा असल शासन र सूचनाको हकको क्षेत्रमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरी भ्रष्टाचार विरुद्धको अभियान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया