अवैध सम्बन्ध बाट जन्मिएकाे शिशु फालािएकाे स्थानमा जिवितै फेला

संखुवासभा । खाँदबारी नगरपालिका १ मा नाल सहितको बेवारिसे शिशु फेला परेको छ । बिहिबार बिहान फुलपाती चौक नजिकै खेतको गह्रामा स्थानियले शिशु फेला पारेको हो ।

जीवितै शिशु फेला परेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलिले शिशुको उद्धार गरेको हो । शिशुको स्वास्थ्य स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ ।

शिशुलाई जिल्ला अस्पताल खाँदबारीमा राखिएको छ । बेवारीशे शिशु छाडेका सुत्केरी आमाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया