अलैँचीको उत्पादन र गुणस्तर बढाउन आचार संहिता बनाईने

ताप्लेजुङ /अलैँचीको उत्पादन र गुणस्तरलाई बृद्धि गर्ने उद्धेश्यले अलैँची व्यवसायी आचार संहिता तयार गर्न ताप्लेजुङका सरोकारवाला अग्रसर भएका छन् । पछिल्लो समयमा अलैँचीको उत्पादन र गुणस्तर खस्कदै गएको निस्कर्ष सहित यस्तो आचार संहिता तयार गर्न लागिएको अलैँची व्यवसायी संघ जिल्ला समिति ताप्लेजुङले बताएको छ ।

सोमबार सदरमुकाम फुङलिङमा अलैँची व्यवसायी आचार संहिता तयारी तथा कार्यान्वयन गोष्ठीको आयोजना गरि सरोकारवालाबाट सुझाब समेत संकलन गरिएको छ । सरकारी तथा गैर सरकारी कार्यालय, उद्योग वाणिज्य संघ, व्यापार व्यवसायी लगायतका सरोकारवालालाई सहभागि गराई आचार संहिताका लागि सुझाव संकलन गरिएको हो ।

 

तपाईको प्रतिक्रिया