अबिरल बर्षातका कारण तेह्रथुममा ४ घरमा पुर्ण क्षती दर्जनौ घर जोखिम

तेह्रथुम, २७ साउन / केही दिन यता परेको अबिरल  बर्षाका कारण तेह्रथुमको ४ घरमा पुर्ण रुपमा क्षतीका साथै दर्जनौ घर उच्च जाखिम भएका छन । बर्षातका कारण पहिरोले छथर गाँउपालिका २ मा २ वटा घर आठराई गाँउपालिकामा २ वटा घरमा पुर्ण रुपमा क्षती भएको छ । पहिरोका कारण आज छथर गाँउपालिका २ मा दलरुप लिम्बु र कृष्ण सुबेदीको घरमा पुर्ण क्षती भएको सुक्रबारे प्रहरीचौकीका ईन्चार्च प्रशुराम गिरीले बताउनु भयो ।

त्यस्तै आठराई गाँउपालिकाको केन्द्र सग्रान्ती बजारमा रहेको दुर्गा गुरुङ र युबराज बाँनियाको घरमा पुर्ण रुपमा क्षती आठराई देबी कटुवाल र डम्बर कटुवालको घरमा आंशिक क्षती भएको ईलाका प्रहरी कार्यलय संग्रान्ती बजारका डम्बर पुरी ले बताउनु भयो । क्षती भएका घरपरिवारलाई आफन्तको शरणमा रहरेको प्रहरीले जनाएको छ ।

क्षती भए लगात्तै प्रहरी र स्थानीयबासीहरुको सकृयतामा पिडित परिवारलाई उद्धार गरीएको थियो । बर्षाका कारण तेह्रथुम सदरमुकाम म्याङलुङ जोडिने सडकका साथै ग्रामिण क्षेत्रमा रहेका सडकहरुमा पहिरो जाँदा यातायातका सवारी साधनहरु आवात जावतमा समस्या बनेको छथर गाँउपालिकाका प्रमुख सन्तोष तिगेलाले बताउनु भयो । बर्षाले तेह्र्रथुम जिल्ला सदुमुकाम सहित जिल्लाका छथर आठराई र फेदाप क्षेत्रमा पहिरोको उच्च जोखिम बढेको प्रहरीले जनाएको छ । पहिरोको कारण क्षती हुँदा लाखौको क्षती भएको र मानबिय तथा चौपया क्षतीको बिबरण अहिले सम्म नआएको प्रहरीले जनाएकोे छ ।

तपाईको प्रतिक्रिया

Loading...