अपराध रहित समाज निर्माणकालागि नागरिक प्रहरी हातेमालोको आवश्यक – एआइजी उपाध्याय

धरान / प्रहरी अतिरिक्त महानिरीक्षक पशुपति उपाध्यायले अपराध रहित समाज निर्माणकालागि नागरिक प्रहरी हातेमालोको आवश्यक्ता औल्याउनुभएको छ ।

सामूदायिक प्रहरी सेवा केन्द्र इनरुवाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै एआइजी उपाध्यायले अपराध रहित समाज निर्माणकालागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभएको हो ।

अपराधमुक्त समाज निर्माणका लागि जनता र प्रहरीको हातेमालो गरेर अगाडि बढ्नुबाहेक अर्को विकल्प नरहेको उहाको भनाई थियो र बहाँले प्रहरी मात्रले अपराध निरमुल पार्न नसक्ने भएकाले सही सत्य सूचनाको प्रवाह र आपसी सहकार्यमाथि जोड दिनुभयो ।

मातहतका प्रहरी कार्यालयको अनुगमन निरीक्षणका क्रममा एक नम्वर प्रदेश प्रहरी कार्यालयका प्रमुख एआइजी उपाध्याय सुनसरी पुग्नु भएको थियो ।

तपाईको प्रतिक्रिया