अग्नि पीडितलाई घर हस्तान्तरण

इटहरी / गत वर्ष सुनसरी जिल्लाको विभिन्न स्थानमा आगलागी भई घर जलेर नष्ट भएका ५५ परिवारलाई ग्रामीण स्वावलम्बन विकास केन्द्रले घर बनाइदिएको छ ।
गत चैत अन्तिम साता भएको आगलागीमा बराह नगरपालिका–९ को कैवम टोलका ११ परिवारको घर टहरा तथा कोशी गाउँपालिका–५ को कुम्वयाई टोलका मुस्लिम समुदायको ४४ घर गोठ जलेर पूर्णरुपमा नष्ट भएका थिए ।

आगलागीका कारण पूर्णरुपमा क्षति बेहोरेका बराह नगरपालिकाका कविरथ समुदायका ११ पीडित परिवार र कोशी गाउँपालिकाका ४४ मुस्लिम समुदायका परिवारलाई आज एक कार्यक्रमबीच घर हस्तान्तरण गरिएको हो । जर्मनीको माल्टेजर इन्टरनेशनलको आर्थिक सहयोगमा निर्माण गरिएका ती घरहरू ग्रामीण स्वावलम्बन विकास केन्द्रले अग्नि पीडितहरूलाई हस्तान्तरण गरेको हो । ग्रामीण स्वावलम्बन विकास केन्द्रको क्षमता अभिवृद्धि सहयोग परियोजनाले प्रतिघर रु ७३ हजार ३२५ लगानी गरेको हो ।

तपाईको प्रतिक्रिया

Loading...