गाग्रेभञ्ज्याङ–विर्तामोड सडकको आधा काम सम्पन्न

मंगलबारे/ देउमाई नगरपालिकाको मंगलबारे गाग्रेभञ्ज्याङ दानाबारी हुँदै विर्तामोड पुग्ने सडक आगामी २०७५ जेठसम्ममा सम्पन्न हुने भएको छ । डेनमार्क सरकारको सहयोगमा निर्माणाधीन सो सडकको ५८ प्रतिशत काम पूरा भएको आयोजनाका इञ्जिनियर नितेशकुमार झाले जानकारी दिनुभयो । उन्नति समावेशी परियोजनाअन्तर्गत सो सडकको स्तरोन्नतिको काम भइरहेको छ । गाग्रेभञ्ज्याङ–जितपु...

सुनकोशीमा बेलिब्रिज जडान गर्न थालियो

गाईघाट/ गाईघाट–दिक्तेल सडक खण्डअन्तर्गत उदयपुर र खोटाङबीच फोक्सिङटारस्थित सुनकोशी नदीमा बेलिब्रिज जडान गर्न थालिएको छ । आगामी पुस महिनाको पहिलो हप्तादेखि बेलिब्रिज सञ्चालन गर्ने लक्षका साथ बेलिब्रिज जडानका लागि प्रारम्भिक कार्य शुरु भएको सो पुल निर्माणमा आवद्ध निर्माण व्यवसायी प्रेमकुमार कार्कीले बताउनुभयो । पचास मिटर लम्बाइ र पाँच मिटर चौडाइको उ...

दुई बर्ष भित्र इटहरी – धरान सडक ६ लेन हुँदै

तरहरा / छ लेन को सडकको बिषयमा तरहरामा शनिबार स्थानीयबासी र सडक बिभागका कर्मचारीहरुसँग छलफल गरिएको छ । छ लेनको सडक बन्दा तरहरामा रहेका मानिसहरु प्रभावित हुुँने कुरा सो भेलामा उठाइएको थियो ।  जग्गा लिने दिने कुरामा हिजोको दिनमा नगरपालिकाले र वडाले सिफारिस दिदैँ गर्दा खेरि यो सडकको जग्गा पर्ने भनिएको भए जनतालाई सहज हुँने इटहरी २० का वडाध्यक्ष मणिर...

भोजपुरको विकास निर्वाचनको मूल मुद्दा

काठमाडौँ / प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भोजपुरबाट उम्मेदवारी दिएका प्रत्यासीले जिल्लाको विकासलाई मूल मुद्दा बनाएर निर्वाचनमा होमिने बताएका छन् । आगामी मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका उनीहरुले मुलुकमा भएका सबैखाले आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न लोकतान्त्रिक गठबन्धनले जित्...

बत्तीस वर्षदेखि अल्झिएको तमोर आयोजना

काठमाडौँ । राष्ट्रिय प्रसारण प्रणालीलाई प्रत्यक्ष फाइदा पुग्ने तमोर जलासययुक्त (७६२ मेगावाट) आयोजना पहिचान भएको ३२ वर्षसम्म योजनामै सीमित भएको छ ।  यो योजनाले राज्यका योजना कसरी कार्यान्वयन हुँदोरहेछ भन्ने पक्षमा गतिलो सन्देश प्रवाह गरेको छ । पर्याप्त बजेट विनियोजन गरेर अघि बढाइएको भएपनि यस राष्ट्रिय गौरवका आयोजनाको प्रगति २० प्रतिशत पनि नपुग्नुले ...

मिर्चैयामा निमार्णाधिन नालाकाे यस्ताे हालत

सिरहा, १९ श्रावण । अबिरल बर्षाले मिर्चैयामा निर्माणाधिन नाला भत्केका छन् । बुधबार देखि भईरहेको अबिरल बर्षाको कारणले मिर्चैयामा संचालन नहुँदै नाला भत्किएको छ । पुर्र्व पश्चिम राजमार्ग अन्तर्गत मिर्चैया नगरपालिका ५ मा निर्माणाधिन नाला संचालन नहुँदै भत्केकोले ठेक्केदारमाथी प्रश्न चिन्ह उठेको छ । जिल्ला समन्वय समिति सिरहासंग भएको सम्झौता अनुसार करीब ३४...

गाईघाट दिक्तेल सडकखण्डको बरुवा नदीमा पुल निर्माण सम्पन्न

उदयपुर  । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटदेखि छिमेकी पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म जोड्ने गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–१० स्थित बरुवा खोलामा निर्माण हुँदै आएको पुल साढे तीन वर्षमा निर्माण कार्य पूर्णरुपमा सम्पन्न भएको छ । गाईघाट दिक्तेल सडक कार्यालय उदयपुर बोक्सेका अनुसार २०७१÷०७२ सालबाट निर्माण कार्य शु...

भद्रपुर विमानस्थलमा एक्स–रेबाट चेकजाँच हुने

झापा । भद्रपुर विमानस्थलमा अब एक्स–रे मेसिनबाट चेकजाँच हुने भएको छ । सरकारले मेसिन उपलब्ध गराएपछि आगामी भदौदेखि एक्स–रे मेसिनबाट सामानको चेकजाँच हुने नागरिक उड्डयन कार्यालय भद्रपुरका प्रमुख पूर्णप्रसाद चूडालले जानकारी दिए । मेसिन सञ्चालनमा आएपछि प्रतिबन्धित वस्तुको ओसारपसार नियन्त्रण गर्न सहज हुने छ । मेसिन नहँुदा चेकजाँच निकै झन्झटिलो हुने गरेको च...

इलामका गाउँगाउँमा सुविधासम्पन्न होटल खुल्दै

इलाम । यहाँका ग्रामीण क्षेत्रका पर्यटकीय क्षेत्रमा ठूलो लगानीमा होटल तथा कटेज खुल्न थालेका छन् । नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्यमा पर्ने अन्तुमा पर्यटकलाई लक्षित गरेर स्थानीय युवाले कटेज बनाएका छन् । स्थानीय स्रोतसाधनबाटै बनाइएको कटेजले त्यहाँ पुग्ने पर्यटकलाई सुविधा भएको छ । होमस्टे (घरबास) मात्रै रहेको अन्तुमा इलामकै केही युवा मिलेर कटेज बनाएपछ...

भोजपुरमा सडक निर्माणको काम तीव्रगतिमा

भोजपुर । भोजपुर सदरमुकामको प्रवेशद्वार हेलीडाँडा–पिपलधारा सडक निर्माण तीव्ररुपमा भइरहेको छ । नगरपालिकाको रु दुई करोड ६७ लाख बराबरको योजना मार्सेली निर्माण सेवाले ५५५ मिटर सडक निर्माण गरिरहेको हो । यही वैशाख २४ गते सम्झौता गरिएको योजना असार मसान्तभित्र सक्नुपर्ने भएकाले काम तीव्ररुपमा भइरहेको मार्सेली निर्माण सेवा कम्पनीका ठेकेदार श्याम श्रेष्ठले...