चिया एक कपको पाँच रुपैयाँ !

चिया एक कपको पाँच रुपैयाँ !
मोरङ / अहिलेको बजारमा एक कप चियाको मूल्य कति पर्ला ? रु १०, १५, २० वा त्यो भन्दा बढी ? तर मोरङको कोसी हरैँचा नगरपालिका विराटचोकका लीलाप्रसाद सञ्जेलले भने त्यो भन्दा निकै कममा अर्थात पाँच रुपैयाँ कप चिया बेच्दै आउनुभएको छ । पाँच वर्षअघि सम्म एक रुपैयाँ कप चिया बेच्नुभएका सञ्जेलले सबै महँगी धानेर चियाको दाम पाँचभन्दा माथि बढाउनुभएको छैन । ६५ रुपैयाँ ...

राई दम्पत्तीलाई कस्ले सहयोग गर्ला ?

राई दम्पत्तीलाई कस्ले सहयोग गर्ला ?
मोरङ उर्लाबारी—२ का राजकुमार राई र इन्दिरा राई दम्पत्ति हुन् । उनीहरु दृष्ट्रिबिहीन छन् । दृष्ट्रिबिहीन भएपनि उनीहरु मुडा बनाएर बेचेर जिन्दगी गुजारा गरिरहेका छन् । मुडा बनाएर आएको पैसाले दुखसुख नुन भुटन पुग्छ । चुलोमा आगो बल्छ । प्लान नेपालले सुनसरीमा दिएको तालिममा भेटभएपछि उनीहरुले लामो समय सम्म ८ बर्ष प्रेम गरे । उनीहरुको अनन्त प्रेम बैवाहिक बन...

सुख्खायाम संगै धरानमा खानेपानीको हाहाकार

सुख्खायाम संगै धरानमा खानेपानीको हाहाकार
धरान / धरानमा खानेपानीको चरम अभाव हुनथालेपछि अहिले धराने उपभोक्ताहरुले खानेपानी संस्थान घेरा गर्ने नियतिनै बनेको छ भने दैनिक दुई चार हुल आएर संस्थानमा घेराउ गर्दै खानेपानी माग गर्दा संस्थानलाई भने टाउको दुखाइको विषय बन्ने गरेको छ । धरान उपमहानगरपालिका बनेसंगै २७ वडा भएपनि यो समस्या भने धरानका १९ वडामा भने पानीको समस्या बढी भएको पाइएको छ । संस्थानल...

एक सय बढि वृद्ध सम्मानित

एक सय बढि वृद्ध सम्मानित
इटहरी ५ का ८१ वर्षिय पुर्ण बहादुर कार्कीले १ सय १९ जना वृद्धहरुलाई सम्मान सहित सामुहिक भोजन ग्रहण गराएका छन् । कार्कीले विहिवार आफ्नै निवासमा इटहरी ४ तथा ५ वडाका साठि वर्ष नाघेका बृद्धहरुलाई दोसल्ला उडाइ सम्मान गर्दैै भोजन ग्रहण गराएका हुन् ।  आफु धार्मिक प्रवृतिको रहेको बताउने कार्कीले वृद्धहरुलाई सम्मान गरे मृत्यु पश्चात मुक्ति पाइने विश्वासका सा...

अल्लोले धानिएको जीवन

अल्लोले धानिएको जीवन
  सङ्खुवासभा /  जिल्लाको बाला–८ दांखिलाका कमला कुलुङ आफ्ना दुई छोराहरु पढाउदै सदरमुकाम खाँदबारीमा बस्नुहुन्छ । खाँदबारीमा रहेको बोर्डिङमा आफ्ना छोराहरुको महँगो शुल्क तिर्न अरुको साहारा उहाँले लिनुहुन्न । त्यस्तै ताम्कु–८ काम्पेपका परिमाया कुलुङ पनि आफ्ना दुई छोरीहरुलाई बोर्डिङमा पढाउने खर्च जोहो गर्न अरुको भर पर्नु पर्दैन । उहाँहरुको आम...

बेतना सिमसारको आर्कषण अजिङगर पनि

बेतना सिमसारको आर्कषण अजिङगर पनि
 बेलबारी । पुर्वकै पर्यटकीय क्षेत्रका रुपमा बिकसित भईरहेको बेतना सिमसार क्षेत्रको बिकासका लागी पछिल्लो समय पर्यटन कार्यलयले प्रदान गर्न लागेको १५ लाख रुपैयाबाट बेतना सिमसार क्षेत्र भित्र बाटो निर्माण र बनभोज स्थललाई ब्यबस्थित गर्न खर्च गरिने भएको छ । केही बर्ष अघिसम्म साईबेरिया देखि आउने चराहरु र केही जिबजन्तु समेत कोलाहल र मानिसको भिडभाडका कारण हर...

कुकुरलाई पनि निःशुल्क औंषधि !

कुकुरलाई पनि निःशुल्क औंषधि !
झापा । अब बालवालिका सरह कुकुरलाई पनि निःशुल्क जुकाको औषधि खुवाइने भएको छ । बिर्तामोड नगरपालिकाले नगरक्षेत्रमा रहेका सवै कुकुरलाई जुकाको औषधि खुवाउन लागेको बिर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत रवीन्द्र वस्तीले बताउनुभयो । छाडा छोडिएका कुकुरका कारण दिन प्रतिदिन नगर क्षेत्रमा समस्या उत्पन्न भएपछि त्यस्ता कुकुर नियन्त्रणका लागि चैत ३ गतेदेखि ७ गतेसम्...

गाँउमात्र हैन सहर-बजारमा समेत बिरामी धामि झाक्रिकै भर…

गाँउमात्र हैन सहर-बजारमा समेत बिरामी धामि झाक्रिकै भर…
धरान / धरानमा एसियाकै उत्कृष्ट अस्पताल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत थुप्रै निजि क्लिनिकहरु भएपनि बिरामीहरुको विश्वास बढी धामि झाक्री तिर रहेकाे पाइएकाे छ ।   विज्ञानले फड्को मार्दै गए पनि अझै नेपाली समाजमा धामी झाक्रि प्रतिको विश्वास हट्न सकेको छैन। धरान १५ बगरकोटकी ६० बर्षीया विमला राई जब विरामी पर्नुहुन्छ, सबै भन्दा पहिले धामी,...

अलैँचीको विरुवा उत्पादनबाट पाँचथर जिल्ला आत्मनिर्भर वन्दै

अलैँचीको विरुवा उत्पादनबाट पाँचथर जिल्ला आत्मनिर्भर वन्दै
पाँचथर, अलैँचीको विरुवा उत्पादनमा पाँचथर जिल्ला आत्मनिर्भर वन्दै गएको छ । यसवर्ष अलैँचीको विरुवा बाहिरी जिल्ला बाट आयात नगरिने भएको छ । अलैँचीको विरुवा जिल्लामै पर्याप्त उत्पादन गरिएकाले अन्य जिल्लाबाट आयात नगरिने भएको हो । गत साल इलाम र धनकुटाबाट गोलसाई,रामसाई र जिर्मले जातको ३ लाख विरुवा आयात गरिएको थियो । जिल्ला कृषि विकास कार्यालय पाँचथरले जिल...