धरानमा समापन भयाे अन्तराष्ट्रिय फिल्म फेस्टिबल : कालाे पाेथी उत्कृष्ट फिल्म

धरानमा समापन भयाे अन्तराष्ट्रिय फिल्म फेस्टिबल : कालाे पाेथी उत्कृष्ट फिल्म
धरान ३ माघ / इन्टरनेशनल फिल्म फेस्टिबल अफ नेपाल २०१७ मा विभिन्न बिधामा अवार्ड वितरणसहित सम्पन्न भएको छ । धरान १८ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटोरियम हलमा नेपाल सरकरका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले फेस्टिबलको समापन गर्नुभएको हो । पौष २७ गतेबाट पाचदिनसम्म सञ्चालन भएको सो फेस्टिबलमा अन्तराष्ट्रिय वि...

विद्युत् चुहावट नियन्त्रण अभियान

विद्युत् चुहावट नियन्त्रण अभियान
इटहरी, ३ माघ । नेपाल विद्युत् प्राधिकरण इटहरी वितरण केन्द्रले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा महशुल नतिर्ने आठ सय ६५ ग्राहकको विद्युत् लाइन काटेर महसुलबापतको बक््यौता रु एक करोड १७ हजार ३८२ असुल गरेको छ । विद्युत् महसुल नतिरेका औद्योगिक घराना र सर्वसाधारण ग्राहकबाट उक्त रकम असुल गरेको सुपरभाईजर रीतेशकुमार झाले जानकारी दिनुभएको छ । सोही अवधिमा ...

लखनपुरमा बाल महोत्सव हुने

लखनपुरमा बाल महोत्सव हुने
दमक, ३ माघ । झापाको लखनपुरमा तीन दिने बाल महोत्सव हुने भएको छ । बालबालिकाको क्षमता, विकासँगै उनीहरुको अधिकार संरक्षण गर्ने उद्देश्यले स्थानीय उज्यालो बाल क्लबको आयोजनामा यही माघ १४ गतेदेखि १६ गतेसम्म प्रथम बाल महोत्सव हुने भएको हो । स्थानीय आदिवासी रङ्गशालामा हुने महोत्सव देशकै पहिलो बाल महोत्सव हुने आयोजकको दाबी छ ।  बाल महोत्सवमा बाल फोटो प्...

प्रशासनको पनि पुनःसंरचना आवश्यक – मन्त्री बुढाथोकी

प्रशासनको पनि पुनःसंरचना आवश्यक – मन्त्री बुढाथोकी
भद्रपुर, ३ माघ । समान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले मुलुकको राजनीतिक परिवर्तनसँगै प्रशासनको पनि पुनःसंरचना आवश्यक रहेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज झापाको जिविस हलमा आयोजित संविधान कार्यान्वयन तथा प्रशासन पुनःसंरचनाका सम्बन्धमा सरोकारवालासँग गरिएको अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले सो कुरा ...

कर्मचारीको व्यक्तिगत विवरण राखिँदै

कर्मचारीको व्यक्तिगत विवरण राखिँदै
भद्रपुर, २ माघ । निजामती कर्मचारी किताबखानाले कर्मचारीको व्यक्तिगत विवरण (पिआइएस) अद्यावधिक गर्न झापामा पिआइएस क्लिनिक सञ्चालन गरेको छ । अब आफू कार्यरत स्थानमा नै कर्मचारीको व्यक्तिगत विवरण अद्यावधिक हुने छ । कर्मचारीको सरुवा–बढुवा, वैदेशिक भ्रमण, सन्तति छात्रवृत्ति लगायत विवरण पनि त्यसमा रहने छ । निजामती कर्मचारी किताबखानाका महानिर्देशक गङ्गारा...

भारतीय उद्योगका मदिरा बरामद

भारतीय उद्योगका मदिरा बरामद
झापा, २ माघ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दुवागढी–५ स्थित चारआली सडकखण्डबाट प्रहरीले ३० बोतल सिक्किमे मदिरा बरामद गरेको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पशुपतिनगरबाट आएको यात्रुवाहक बस जाँच गर्दा उक्त मदिरा बरामद गरेको हो । दुई बोरामा राखिएका अवस्थामा मदिरा बरामद गरिएको सीमा सुरक्षा कार्यालय झापाले जनाएको छ ...

नगरका जनतालाई सुविधा दिन आग्रह

नगरका जनतालाई सुविधा दिन आग्रह
विराटनगर, २ माघ । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले भवन आचारसंहिताको पालना गरी भूकम्प प्रतिरोधात्मक घर बनाउन जोड दिनुभएको छ । उन्नाइसौँ भूकम्प सुरक्षा दिवसका अवसरमा यहाँ आज जिल्ला देवीप्रकोप उद्धार समितिद्वारा आयोजित कार्यक्रममा उहाँले भवन आचारसंहिताको सम्बन्धमा सर्वसाधारणमा जनचेतना फैलाउनुपर्ने औंल्याउनुभयो । उहाँले सहरी विकास मन्त्रालयद्वा...

वैश्य समुदायलाई समेट्न माग

वैश्य समुदायलाई समेट्न माग
दमक, २ माघ । राष्ट्रिय वैश्य युवा महासङ्घ नेपालले राष्ट्र निर्माणमा वैश्य समुदायको सहभागिता गराउन माग गरेको छ । देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान राखेको आफ्नो समुदायलाई सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले संविधान संशोधन मार्फत आफ्ना माग पूरा गराउन दबाब दिन थालेका हुन् । वैश्यहरुको मागलाई संविधानमा समेट्नका लागि दबाब दिन महासङ्घको युवा टोलीले म...

४३ वर्ष यता खराउ कै भर

४३ वर्ष यता खराउ कै भर
मोरङ,२ माघ । न उहाँ साधु न त कमजोर आर्थिक अवस्थाको ब्यक्ति तर पनि मोरङको बेलबारी– ११ का लीलाप्रसाद चौधरी त्रेता युगमा जस्तै खराउ लगाएर ठमठम हिड्नु हुन्छ । बाहुनीको जनता उच्च माविमा ३२ वर्ष लेखापालको जागिर गरेर सेवा निवृत हुनु भएका चौधरीलाई पैसाको अभाव हुने कुरै भएन, त्यसैपनि उहाँ सम्पन्न परिवारको ब्यक्ति । तर पनि ६६ वर्षीय चौधरीका खुट्टामा खराउ द...

पैसा तिर्दा पनि सुनसरीका बकलौरीवासी खानेपानीबाट वञ्चित

पैसा तिर्दा पनि सुनसरीका बकलौरीवासी खानेपानीबाट वञ्चित
इटहरी, २ माघ । सुनसरीका बकलौरीवासीका लागि स्वच्छ पानी आपूर्ति गरी दिने भनेर १० वर्षदेखि सामुदायिक सहयोग सङ्गठन कोसानले त्यस गाविसको झन्डै २० हजार मानिसलाई लक्षित गरेर पाँचवटा खानेपानी योजना अघि सारेको थियो । सरदर रु ६० लाखका ती खानेपानी योजनामध्ये तीनवटा योजना सफल भएर केही मानिसले स्वच्छ खानेपानी प्राप्त गर्न थालेका छन् । तर बकलौरी गाविसका मूल बजार...