७३ वर्षको उमेरमा बुवाको किरिया

दाङ / दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का गेहेन्द्रबहादुर बस्नेतले बुवा हराएको ७० वर्षपछि बुवाको किरिया गरेका छन् । गेहेन्द्रबहादुर र उनकी श्रीमतीले ७० वर्षपछि बुबाको किरिया गर्न सुरु गरेका हुन् । बुबा मोतीलाल बस्नेत ३० वर्षको हुँदा वि.सं. २००६ देखि हराएका थिए । उनी घरबाट भारत जान भनी निस्के पनि अझैसम्म नआएका उनले बताए । पितृ रिसाउने र कूल बिग्रने धार्मिक मान्यता र संस्कार रहेकाले हिन्दु संस्कारअनुसार काजकिरिया गरिरहेको उनले बताए ।

बुबाको अहिले उमेर १ सय ३ वर्ष पुगिसकेको र अहिलेसम्म जीवित भएको कुनै थाहा नभएपछि पुरोहितसँग सल्लाह गरेर यसरी काजकिरिया गर्न थालेको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Loading…