६ वर्षपछि एसिड प्रहार गर्नेलाई आफ्नै अगाडि देखेपछि…

हेटौंडा / विवाह प्रस्ताव अस्वीकार गरेको भन्दै एक युवतीको अनुहारमा एसिड प्रहार गरी फरार रहेका भारतीय नागरिक दिलीपराज केशरीलाई प्रहरीले साढे ६ वर्षपछि पक्राउ गरेको छ । ९ वैशाख ०७० वैशाखमा हेटौँडा २ निवासी विन्ध्यवासिनी कंसाकारको अनुहारमा एसिड प्रहार गरी केशरी फरार भएका थिए ।

बारा प्रहरीले बिहीबार पक्राउ गरेका उनलाई शुक्रबार मकवानपुर प्रहरीसमक्ष बुझाएको थियो । मकवानपुर प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी किशोरीलाई सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी नायब उपरीक्षक सागरशमशेर जबराको कमान्डमा खटिएको प्रहरी टोलीले भारत महाराजगन्ज अमरपर्वन–६ निवासी केशरीलाई बाराको जितपुर–सिमरा उपमहानगरपालिका २३ भलोहीबाट पक्राउ गरेको हो । भलोहीमा लुकीछुपी बसिरहेको सूचना पाएपछि प्रहरी टोली परिचालन भएको थियो ।

प्रहरीका अनुसार एसिड प्रहार हुँदा कंसाकार २० वर्षकी थिइन् । उनलाई तत्कालीन हेटौंडा नगरपालिका–२ मा रहेको पिपलबोट नजिकै रहेको आफ्नै पसल बसिरहेका वेला केशरीले कंसाकारमाथि एसिड प्रहार गरेका थिए । त्यसअघि केशरीले कंसाकारलाई पटक–पटक विवाहको प्रस्ताव राखेका थिए । तर, कंसाकारले अस्वीकार गर्दै आएकी थिइन् ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…