हात्तिको आक्रमणबाट मृतक परिवारलाई १० लाख राहत

उदयपुर / उदयपुरमा जंगली हात्तिको आक्रमणबाट ज्यान गुमाएका बेलका नगरपालिका ३ का रामकुमार सार्की (अपाङ)को परिवारलाई राहत स्वरुप १० लाख रुपैँया उपलब्ध गराइएको छ । कोशी टप्पु वन्य जन्तु आरक्ष केन्द्रले उपलब्ध गराएको रकम डिभिजन वन कार्यालय उदयपुरका प्रमुख बिष्णुप्रसाद आचार्यले बुवा डम्बरबहादुरलाई सोमबार हस्तान्तरण गरेका हुन् ।

राहत रकम लिन कार्यालय आईपुगेका सार्कीलाई प्रमुख आचार्यले सञ्चारकर्मीको रोहवरमा चेक हस्तान्तरण गरेका हुन् । गत साउन ३० गते घरमा बसिरहेका बेला कोशीटप्पुबाट निस्किएको जंगली हात्तीले ४१ बर्षीय सार्कीलाई कुल्चिदा ज्यान गएको थियो । हात्तिको आक्रमणबाट ज्यान गुमाएको पुष्टि भएपछि कार्यालयले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ दोश्रो संसोधन २०७४ को दफा ५ (क) (ई) वमोजिम राहत उपलब्ध गराउनका लागि तत्कालिन क्षेत्रीय वन निर्देशनालयलाई सिफारिस गरेको कार्यालयका सूचना अधिकारी जागेश्वर साहले बताए ।

जंगली हात्तिको आक्रमणबाट चालु आर्थिक बर्षमा मात्रै तीन जनाले ज्यान गुमाएका छन् । हात्तिको आक्रमणबाट ज्यान गुमाएका बेलका नगरपालिका ३ शुक्रबारेका ५७ बर्षीय बुद्धीमान मगर र त्रियुगा नगरपालिका १२ का ७८ बर्षीया सावित्रा राईको पनि आबश्यक मुचुल्का तयार पारी राहतका लागि सिफारिस गरिएको साहले बताए ।

मगरलाई गत मंसिर २६ गते र राईलाई पुस १५ गते जंगली हात्तिले आक्रमण गरेको थियो । आरक्षबाट निस्किएका जंगली हात्तिले बर्षेनी झण्डै आधा दर्जनको संख्यामा सर्वसाधरणलाई आक्रमण गर्ने गरेको छ भने स्थानीयले लगाएको अन्नवालीसमेत नष्ट गर्ने गरेको छ ।

समसामयिक बिषयमा कलम चलाउनुहुने चौधरी पूर्वेली न्युजका उदयपुर सहकर्मी हुनुहुन्छ ।

सुखिलाल चौधरीबाट थप

उदयपुर ट्राफिक कार्यालयद्वारा ७७ लाख ३४ हजार राजस्व संकलन

उदयपुरको बजेट २ अर्ब ६९ करोड ७७ लाख, सवै भन्दा बढी त्रियुगा नगरपालिकामा

उदयपुरमा तीन तल्लाबाट लडेर एक महिलाको मृत्यु

उदयपुरमा टिप्पर १ किलो मिटर तल खस्यो, सहचालक सहित दुईको घटना स्थलमै मृत्यु

उदयपुरमा मिडिया काउन्सिल विद्येयक संशोधनको माग गर्दै पत्रकारद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ

गर्भवतीको पेटमा बच्चा चल्न छोडेपछि अप्रेशन गरेर निकाल्न सफल

उदयपुरमा पिकअप भ्यान दुर्घटना : एकको मृत्यु, दुईको अवस्था गम्भिर

बोलेरो दुर्घटना अपडेट : गम्भिर घाइतेलाई काठमाडौं रेफर

उदयपुरमा बाँदर आतंक : बाँदर नियन्त्रण गर्न प्रशासनलाई ध्यानाकर्षण पत्र

‘हत्या पछि बलात्कार’ घटनाका दोसीलाई १६ वर्ष कैदको फैसला

तपाईको प्रतिक्रिया

Loading…