स्तम्भमय बन्दै तेह्रथुम ( फाेटाे फिचर ) सहित

  

तेह्रथुम/ जिल्लाको बिभीन्न स्थानमा रहेका ऐतिहासिक स्तम्भहरु निमार्ण भए सँगै तेह्रथुम स्तम्भमय बनेको छ । बिभीन्न संघ सस्थाहरुको सकृयतामा बिगत ५ बर्षदेखी ऐतिहासिक स्तम्भहरुको निमार्ण सुरु भएको सँगै पर्यटन प्रबर्धनमा टेवा पुग्नको साथै जिल्ला स्तम्भमय बनेको हो । गुराँसको राजधानीको रुपमा चिरपरिचित रहेको तिनजुरे मिल्के जलजले क्षेत्रको प्रबेशद्धारको रुपमा रहेको बसन्तपुर बजारमा गुराँसको स्तम्भ निमार्ण हुनु नै जिल्लाको पहिलो ऐतिहाँसिक स्तम्भहरुको संंरक्षणको सुरुवात भएको लालीगुराँस नरपालिकाका मेयर अर्जुन माबुहाङले बताए ।

ऐतिहासिक स्तम्भहरु निमार्णको क्रममा केही दिन अघीमात्र जिल्ला सदरमुकाम म्याङलुङ मेयङ अर्थात बिरालो को स्तम्भ निमार्ण सम्पन्न गरी अनाबण गरीएको छ । यसअघी लालीगुराँसको लसुने बजारमा लसुन,छथर गाउँपालिका ६ सुदापमा तक्मीनाक्ला हात्ती चौतारी ,आठराई संग्रान्ती बजारमा किराँत धर्मका महान समाज सुधारक फाल्गुनन्द लिङदेनको स्तम्भका साथै तिनजुरे नजिकै आरआर गार्डेनमा रहेका बिभीन्न आकृतीहरुलाई ब्याबश्थीत बनाई निमार्ण सम्पन्न भई सकेका छन । स्तम्भ निमार्णका लागी सरकारी लागनी भन्दा पनी बैदेशिक रोजगारमा रहेका युबाहरुको सहयोग बढ्दो रुपमा रहेको छ ।

पूर्बको धरान धनकुटा हुँदै तेह्रथुम सम्म सहज रुपमा पुगीने भएकाले आन्तरिक तथा बाह्रीय पर्यटकहरु भित्रउन सकिने  पर्यटन प्रर्बधनमा जुट्दै आएका युबा प्रकाश श्रेष्ठले बताए । स्तम्भहरु निमार्ण सँगै यहाँ आउने आगन्तुकहरुको आकर्षण बढ्दो रुपमा रहेको छ । जिल्लामा आउने गरेका आगुन्तकहरुले कुनै न कुनै स्तम्भको अबलोकन गरेकै हून्छन । पर्यटन बिकासको राम्रो सम्भावना बोकेको यस जिल्लामा एसीयाकै अल्लो ह्यात्रुङ झरना हेर्न आउने पर्यटकहरुको कम छैन । पूर्बको बिभीन्न जिल्लाको साथै राजधानी तथा भारतको सिक्कीम, दार्जीलिङ,गेन्तोक लगायत तेश्रो मुलुकका पर्यटकहरु भित्रीने क्रम बढ्दो रहेको यहाँका स्थानीयहरुले बताउने गरेका छन ।

 पर्यटन बिकास निम्ती यस बर्ष छथर गाउँपालिकाले ४४ लाख रुपैयाँ बिनीयोजन गरेको छथर गाउँपालिका प्रमख सन्तोष तिगेलाले बताए । उनका अनुसार जिल्लालाई पर्यटन बिकासका लागी सम्भाब्यता अध्यायन गरी लागनी गर्ने हो भने बर्षेनी लाखौ रुपैयाँ भित्र्याउन सकिनेछ । जिल्लाका धेरै स्थानहरुमा ऐतिहाँसिक स्तम्भहरु निमार्ण कार्य भई रहेका छन । यस ऐहिाँसिक रुपमा रहेका स्तम्भहरु संरक्षण लागी स्थानीय क्लब संस्थाहरुका साथै जिल्ला स्तरीय संस्थाहरुले महत्वपुर्ण भुमिका खेल्दै आएका छन ।

 

समसामयिक बिषयमा कलम चलाउनुहुने पाक्साँवा पूर्वेली न्युजका तेह्रथुम सहकर्मी हुनुहुन्छ ।

प्रकाश पाक्साँवाबाट थप

तेह्रथुमे जनताको निम्ती शान्ती र सुशासनमा दलगत स्वार्थ छैन : पुर्ब राज्यमन्त्री सिता गुरुङ

अलैची भित्र्याउन किसानलाई चटारो

पाक्न लागको अन्नबाली बाँदरले सखाप पारेपछी किसान चिन्तीत

दोश्रो छथर रनिङ कप : भोजपुर र धनकुटा उपाधीका लागी भिड्ने

छथरमा खेलकुद क्षेत्रबाट नयाँ आयामको सुरुवात

अबरुद्ध सडक खुलाउन जुटे तेह्रथुमका जनप्रतिनिधी एवं स्थानीय

‘ब्लु सिटी’ को रुपमा बिकास हुँदै छथर

सिसेक्वा ताङनाम र लिम्बु समुदाय

वडाध्यक्षद्धारा जेष्ठ नागरिकलाई घरैमा पुगेर सम्मान

गाउँपालिकालाई बालमैत्री बनाउन वडा वडामा कार्यक्रम

तपाईको प्रतिक्रिया

Loading…