स्कुलबस दुर्घटना ७ बिद्यार्थी घाईते

उदयपुर / उदयपुरको बेलका नगरपालिका-२ भागलपुरमा स्कुल बस दुर्घटना हुँदा ७ बिद्यार्थी घाईते भएका छन् । बिहिबार दिउँसो १६:३० बजेको समयमा मनिङ टाईम एकेडेमी बोडिङ स्कुलको को १ ख ३८७४ नम्बरको बस कल्भटमा ठोक्किन गई सडक
किनारामा पल्टदा ६ बर्ष देखी ९ बर्ष उमेर समूहका ७ जना बिद्यार्थी घाईते भएका हुन् । घाईते सबै जनाको फत्तेपुरमा रहेको मनकामना मेडिकलमा उपचार पश्चात डिस्चार्ज भईसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…