काठमाडौं आएकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि सोहि प्लेनमा सवार पथरीशनिश्चरेका एक व्यक्ती क्‍वारेन्टाइनमा

पथरी / फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि सरकारले उनीसँगै यात्रा गर्नेको खोजतलासगरि रहेको समयामा पथरीशनिश्चरेका एक पुरूष आफु पनि सोहि समय सोहि प्लेनमा आएकाले क्रन्टाइनमा गएका छन ।

उक्त प्लेनमा यात्रा गरेका गरेका १२५ जना यात्रुको पहिचान भए पनि सम्पर्कमा आइ सकेका छैन्न । गत चैत ४ मा फ्रान्सबाट कतार ट्रान्जिट हुँदै काठमाडौं आएकी युवती सँगै घर आएका पथरीशनिश्चरेका एक व्यक्ती मोरङको टाडीमा रहेको वारेन्टाइनमा गएका छन ।

उनलाइ कोरोनाको संक्रमण भएको बेला कतारमा सब्जी किन्न बाहिर जादा कतार सरकारले पक्राउ गरि नेपाल फर्काएको थियो । कतार ट्रान्जिट हुँदै काठमाडौं आएकी युवतीमा कोरोना संक्रमण देखा परे पछि एउटै प्लेनमा आएका कारण उनि परिक्षणका लागि टाडीमा रहेको क्वारेन्टाइनमा गएका हुन ।

चैत ४ गते कतार एयरवेजको क्युआर ६५२ उडानमार्फत् ती युवती काठमाडौं उत्रिएकी थिइन् । उनीमा कोरोना संक्रमणको समचार बाहिर आए संगै आफन्तले वडाध्यक्षलाई खवर गरेका थिए । २ दिन अघि सम्पर्क आएका मोरङ पथरीशनिश्चरे नगरापालिकाका ५० वर्षीय धिमाललाई क्वारेनटाईन पठाईएको वडाध्यक्ष जय बहादुर तामाङले बताए ।

चैत ४ गते कतारबाट आएका कतार एयरवेजका तीनवटा जहाजमा ४६९ जना यात्रु सवार थिए । किशोरी काठमाडौं आएका दिन कतारका क्युआर ६५०, क्युआर ६५२ र क्युआर ६५३ जहाजले उडान भरेका थिए ।

उनी हाल नेपाल आर्मीले मोरङको टाडीमा निमार्ण गरेको क्वारेन्टाइनमा गएका छन । उनको स्वास्थ्य परीक्षणबाट कोरोना पुष्टि भएमा तत्कालै आइसोलेसनका लागि वि पि कोइराला स्वास्थ विज्ञान प्रतिस्ठान धरानमा लगिने भएकाे छ ।

तपाईको प्रतिक्रिया

Loading…