सोलुखुम्बुमा भ्रमणमा आएका भारतीय नागरिकको मृत्यु

सोलुखुम्बु / सोलुखुम्बुको खुम्बु-पासाङल्हामु गाउँपालिका-४ थुक्ला भन्ने स्थानमा आईतवार १ जना भारतीय नागरिकको मृत्यु भएको छ । सोलुखुम्बु आएका ३० बर्षिया भारतीय नागरिक रविकान्त मिश्रको मृत्यु भएको हाे ।

भ्रमणको शिलसिलामा सगरमाथा बेश क्याम्प जाने क्रममा सोही स्थानमा रहेको याक होटलमा शनिवार वास बसेका मिश्र अचानक श्वास बढ्ने र मुखबाट फिँज अाए पछी उपचारको लागि तत्काल निकोलनिकी अस्पताल सोलुखुम्बु लैजाने क्रममा बिहान साढे ७ बजे बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय लुक्लाले जनाएको छ । शव पोष्टमार्टमको लागि हेलीकप्टरद्वारा शिक्षण अस्पताल महाराजगंज काठमाडौं पठाईएको उक्त प्रहरीले जनाएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…