सोनापुरमा दुई यात्रुबाहक बस एक आपसमा ठोकिँदा दर्जनौं यात्रु घाईते

सिरहा । पूर्वपश्चिम राजमार्ग अन्गर्तत सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर -११ स्थित सोनापुरमा दुई यात्रुबाहक बस एक आपसमा ठोकिँदा दर्जनौं यात्रु घाइते भएका छन् ।
ना ७ ख-५३८२ र ना ४ ख-६७४३ नम्बरको यात्रुबाहक बस एक आसपमा ठोक्किएको हो । उक्त दुर्घटनामा करिब २० जनाभन्दा बढी यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी तथा प्रबक्ता अपिल राज बोहराले जानकारि दिए।

घाइते यात्रुहरुलाई उपचारका लागि स्थानीय श्रमजीवी केयर अस्पताल र आरके मेडिसिटी अस्पताल जिरोमाइल लगिएको छ । केहि यात्रुको अवस्था गम्भिर रहेको बुझिएको छ । घाइते मध्ये अधिकांशको खुट्टा र टाउकोमा गम्भिर चोट लागेका छन् ।

तपाईको प्रतिक्रिया

Loading…