सेवाग्राही झुक्याउँदै आइएएमई काउन्टर संचालक

सोलुखुम्बु / सोलुखुम्बुका पत्रकार मोेतीराम रसाइली काठमाडौंबाट पठाइएको पैसा लिन सल्लेरीस्थित आइएमई सेन्टर पुगे। शुक्रबार मध्यान्न आइएमई सेन्टर पुगेका उनीसँग दुइटा आइएमई नम्बर थिए । उनले रकम झिक्नका लागि आइएमई नम्बर दिए । लामो समय पर्खे तर पैसा पाएनन् ।

उक्त सेन्टरमा जिल्लाबाहिर पठाउने रकमको कारोबार भइरहेको थियो तर बाहिरबाट प्राप्त हुने रकमको कारोबार भने भएको थिएन । निकैबेर पर्खेपछि पत्रकार रसाइलीले सोधे, ‘पैसा किन आएन ?’ कामदारले सजिलो जवाफ दिए, ‘सिस्टम स्लो छ ।’ रसाइलीले क्षुब्ध हुँदै भने, ‘आज शुक्रबार पैसा पाइएन भने म सोमबारसम्म सल्लेरी बस्नुपर्छ । मेरो तीन दिन तीन रातको पैसा तपाईले तिर्नुपर्छ !’ उनको गुनासो कामदारले सुने, तर केही बोलेनन् ।

भोलिपल्ट शनिबार र पर्सि नयाँ वर्ष भएकाले शुक्रबार रकम लिन आएका सेवाग्राहीले सोमबारसम्म पर्खिनुपर्ने निश्चित थियो । त्यहाँ कारोबारका लागि आएका उनी मात्र थिएनन्, अन्य सर्वसाधारण पनि थिए । उनीहरू पनि उस्तै समस्याबाट पिरोलिएका थिए ।

बल्लतल्ल एउटा कारोबार सके पनि आइएमईबाट आउनुपर्ने अर्को रकम रसाइलीको हात परेन । त्यत्तिकै गाउँ फर्किंदा दोहोरो खर्च हुने भएकाले उनी सोमबारसम्म सल्लेरीमै बसे । सोमबार अर्को आइएमईमा गएर पैसा झिक्न नम्बर चेक गराउँदा कम्प्युटर सिस्टमले ‘अलरेडी पेड’ देखायो । उनी छक्क परे । बल्ल उनले आफूलाई पहिलो आइएमई सञ्चालकले झुक्याएको थाहा पाए । त्यसपछि उनले पहिले कारोबार भएको आइएमई सेन्टर पुगेर आफ्नो पैसा त झिकिसकिएको रै’छ त,’ भनेर गुनासो गरे । काउन्टरमा बस्नेले ‘रेडिमेड’ जवाफ दिए, ‘भर्खरै झिकेको हो सर, लैजानुस् ।’

सल्लेरीका आइएमई सेन्टरमा यस्तो सास्ती व्यहोर्ने पत्रकार रसाइली पहिलो सेवाग्राही होइनन् । त्यसभन्दा अघि दर्जनौं सेवाग्राहीले यस किसिमको हैरानी खेपेका छन् । विशेषगरी जुबुका भानुभक्त उपाध्यायले सञ्चालन गरेको आइएमई सेन्टरमा यस किसिमको सास्ती खेप्नुपरेको सेवाग्राहीको गुनासो छ । उनले ‘सिस्टम स्लो छ, आएमई नम्बर मिलेन, नगद सकियो,’ लगायतका बाहाना गर्दै साना–ठूला रकम व्यक्तिगत प्रयोजनको काममा छोटो समयका लागि प्रयोग गर्ने गरेको सेवाग्राहीहरूको गुनासो छ ।

‘मैले पनि त्यो आइएमई सेन्टरका सञ्चालकले जिल्लाबाहिरबाट आएको रकम पहिले आफूले चलाएर केही दिनपछि भुक्तानी दिने गरेको पाएँ,’ नाम नबताउने सर्तमा सल्लेरीका एक स्थानीयले भने । अर्का एक भुक्तभोगीले भने, ‘त्यो आइएमई सेन्टरमा क्यास–आउटमा मात्र होइन सेन्डिङमा पनि प्रयोग गरिसकेको, लोकेसनभन्दा बाहिरको फेक आइएमई नम्बर दिने, पटकपटक फोन गरेपछि मात्र बल्लतल्ल रकम पठाउने गरेको थाहा पाएर अचेल म त्यहाँ जानै छाडें ।’

आइएमई सञ्चालक उपाध्यायले भने नागरिकलाई सरल रूपमा सेवा दिइरहेको बताए । उनले नागरिककै सेवाका लागि सल्लेरीका दुई स्थानमा आइएमई सेवा सेन्टर सञ्चालन गरेका पनि बताए । उनले बजारमा चलेको हल्ला निराधार भएको दाबीसमेत गरे ।
आइएमई सेन्टरमा सेवाग्राही झुक्याइने गरेकोबारे जिज्ञासा राख्दा सोलुखुम्बु प्रशासनले ‘सेवाग्राही झुक्याउने छुट कसैलाई नभएको,’ भन्दै ठगीमा मुद्दा चल्ने प्रतिक्रिया दिएको छ । जिल्लाको आइएमई सेवा नागरिकमैत्री भए–नभएको सत्यतथ्य बुझेर कारबाही अघि बढाइने प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानाले बताए ।

आइएमईबाट १० हजारभन्दा बढी रकम पठाउनका लागि पठाउने व्यक्तिको परिचय खुल्ने कागजात नागरिकता, लाइसेन्स, पासपोर्ट, मतदाता परिचयपत्र अथवा आइएमई कार्ड आवश्यक पर्छ । आइएमईमार्फत एक दिनमा एक व्यक्तिले बढीमा ६० हजार रुपैयाँसम्म पठाउन सक्छन् । सोभन्दा बढी रकम पठाउनु परेमा फरक व्यक्तिको नामबाट पठाउनुपर्ने हुन्छ । आइएमई सेवा शुल्क भने सेन्टर रहेको ठाउँअनुसार फरकफरक हुने गर्छ । आइएमई सञ्चालकले खातामा प्रर्याप्त रकम नराख्ने भएकाले सेवाग्राहीलाई भनेको समयमा भुक्तानी नदिएर झुलाउने गरेको पीडितहरू बताउँछन् ।

सामाजिक बिकृती, बिसङ्गती र अनियमितता बिरुद्ध कलम चलाउनुहुने नेपाली पूर्बेली न्युज सोलुखुम्बु सहकर्मी हुनुहुन्छ ।

राकेश नेपालीबाट थप

सवा ४ करोडको लागतमा नाम्चेमा पानीबाट घुम्ने माने, पर्यटकको ध्यान तान्ने आशा

दर्ता विना संचालनमा सल्लेरीका मासु पसल

गोक्यो तालमा ९ महिनाअघि डुबेका विद्यार्थी खोज्न टोली खटियो

सगरमाथा आरोहणका लागि सामाग्री ओसार्दै आरोही

खोटाङमा सत्र हजारले गरे स्वास्थ्य बिमा

छ जिल्लाका सांसदले बुझाए, साझा सरोकारका योजना

सोलुमा ‘डिस्टिलरी’ प्रयोगविहिन

खोटाङमा गरिब परिचयपत्र वितरण

शिक्षक बिहिन खोटाङका तीन विद्यालय , भर्ना अभियान र पुस्तक वितरण प्रभावित

निमोनियाका कारण वडाध्यक्षको निधन

तपाईको प्रतिक्रिया

Loading…