सुनसरी मोरग सिचाई आयोजना मर्मत संभार तिव्र

इटहरी / लाख वढि जनता प्रभावित हुने सडक अत्यन्तै जिर्ण वन्दा पनि सुनसरी मोरग सिचाई आयोजनाले मर्मत नगरेपछि इटहरी उपमहानगरपालिकाले मर्मतसंहार तिव्र वनाएको छ । सुनसरी मोरग सिचाई आयोजनाको नहर किनारको करिव १० किलोमिटर सडकमा मिक्सगिटि हालेर मर्मत तिव्र वनाएको हो । इटहरी उमहानगरका मेयर द्वारिकलाल चौधरीका अनुसार २३ वटा टिपरले खोर्सानेखाप उत्तर वुढिखोला वाट मिक्स गिटि लगेर सडक मर्मतको कार्य भइरहेको छ ।

दशै विदा अघिनै १० किलोमिटर सडक मर्मत कार्य सकिने छ । इटहरी ११ नम्वर वडाको वुढिखोला पूल पश्चिम १६ नम्वर वडाले छुने रामधुनी नगरपालिकाको सिमाना सम्मको सडक मर्मत कार्य भइरहेको हो । अत्याधिक खाल्डा खुल्डी भएर हिडन समेत मुस्किल हुने हुन थालेको र दुर्घटनाको समेत जोखिम वढेपछि स्थानीय सरकारले आफै मर्मतमा अग्रसरता देखाएको हो । मर्मतकार्यमा स्थानीय इटाभट्टा उद्योगहरुले समेत सहयोग गरेका छन । वाटो मर्मत संहार पछि एक लाख वढि जनता प्रत्यक्ष लाभान्वित हुने मेयर चौधरीको अपेक्षा छ । सर्वसाधारण, कृषक,मजदुर,विद्यार्थी,उद्योग घन्दाहरुलाई प्रत्यक्ष लाभ पुग्ने छ ।

पिचकै लागि पहल गर्छु : मेयर चौधरी

सुनसरी मोरग सिचाई आयोजनाको किनार हुदै जाने सो सडक कालोपत्रे गर्न सकिए त्यस वाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा लाखौ जनता लाभाविन्त हुने छन । त्यसैले सो सडकमा पर्ने अन्य स्थानीय तह र प्रदेश सरकार सँग पनि समन्वय गरेर पिच गर्नका लागि पहल थाल्ने इटहरीका मेयर द्धारिकलाल चौधरीले वताउनुभयो ।

Purbeli TV

तपाईको प्रतिक्रिया