सुनसरी बराहक्षेत्रमा कुटपिटबाट राईको हत्या : टाउको फुटेको, कान काटिएको अबस्थामा शब फेला

सुनसरी । सुनसरी बराहक्षेत्रमा कुटपिटगरी हत्या गरेको अवस्थामा फेला शव फेला परेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ स्थित जमुना गाछीमा नयाँ खोलिएको प्लटिङमा एक युवालाई कुटपिट गरि हत्या गरेको अवस्थामा फेला शव फेला परेको स्थानियले बताए ।

बराहक्षेत्र ३ बाङ्गे घर घए पनि केही बर्ष देखि दमक बस्दै आएको राईको कुटपिट पछि हत्या गरेको हुन सक्ने स्थानीयहरुले बताएका छन । बराहक्षेत्र ३ भानुचौक निवासी मन्जु राईको भिनाजु रहेको र हाल मन्जु राईको घरमै बस्दै आएको खुल्न अाएकाे छ । खेतको बाटो माथि घोप्टो परेको रगतले लतपतिएको टाउँको फुटेको, कान काटिएको अबस्थामा शब फेला परेकाे र घट्नाकोे विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तस्विर साैज्न्य : कृष्ण पाैडेल

तपाईको प्रतिक्रिया

Loading…