सुनसरीमा भेटिए ७ जना कोरोना संक्रमित

इनरुवा / सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको वडा नम्बर ८ मा रहेको क्वारेन्टाइनमा बस्दै आएका ७ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । भारतबाट फर्किए यता क्वारेन्टाइनमा बसेका ५१ जना मध्ये ४० जनाको स्वाब परिक्षण गरिएकोमा ७ जना पोजेटिभ पाइएका हुन् । जामिला जियाउल उलुम मदरसामा बस्दै आएका ७ जना कोरोना संक्रमित मध्ये ३ जना विद्यार्थी रहेका छन् । भारतमा अध्ययनको क्रममा रहेकाहरु उनीहरु १० दिन अघि घर फर्किएका हुन् । अन्य ४ जना भने गुजरातमा कामको सिलसिलामा गएका व्यक्तिहरु हुन् ।

संक्रमित मध्ये ६ जना सुरुवाती अवस्थाबाटै क्वारेन्टाइनमा रहेको भएपनि एकजना भने भारतबाट फर्किएर घरमा केहि दिन बिताएको खुल्न आएको छ । कोरोना संक्रमित पाइएका व्यक्ति घरपरिवारमा केहि दिन बसेको पाइएको हुँदा वडा नम्बर ८ लाई सिल गर्नु पर्ने स्थानीयहरुले माग गरेका छन् । कोरोनाको संक्रमण उनीहरु भारतको गुजरातबाट घर फर्किएका हुन् । उक्त मदरसामा ५१ जना बस्दै आएका थिए । जसमध्ये ४० जनाको स्वाब संकलन गरिएको थियो ।

संक्रमित सबै युवा रहेको बताइएको छ । जसमध्ये तीनजना भारतको गुजरातमा अध्ययनको क्रममा रहेको विद्यार्थी घर फर्किएका हुन् । बाँकी चारजना भारतमा मजदुरी गर्दै आएका व्यक्ति हुन् । प्राप्त सुचना अनुसार संक्रमित पाइएका मध्ये एक जना भने भारतबाट फर्किएर केहि दिन घरमा बसे पछि क्वारेन्टाइनमा पुर्याइएका व्यक्ति हुन् । अन्य भने भारतबाट आएसँगै सोझै क्वारेन्टाइनमा बस्दै आएका छन् । गाउँपालिकाको कार्यालयका अनुुसार संक्रमितहरुलाई आइसोलेसनमा पठाउने तयारी भैरहेको छ ।

तपाईको प्रतिक्रिया

Loading…