सुनसरीमा ट्याक्टर र कार ठोकिँदा एकै परिवारका ६ जना घाइते, खतिवडा दम्पतीको अवस्था गम्भीर

इनरुवा । सुनसरीको कोशी गाउँपालीकामा दुर्घटना हुँदा एकै परिवारका ६ जना घाइते भएका छन् । सोमबार राति साढे ११ बजेको समयमा रोकिराखेको को १ त ६१२६ नम्बरको ट्याक्टर लाई पश्चिम बाट पूर्व तर्फ आउदै गरेको बा १ १७ च १४२ नम्बरको कारले ठक्कर दिदा सुनसरी इटहरी उपमहानगरपालिका बस्ने एकै परिवारका ६ जना घाइते भएको ईलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ ।

घाइते हुनेमा इटहरी २ आपगाछी बस्ने वर्ष ६० का पिताम्बर खतिवडा, र उनकी वर्ष ५८ कि श्रीमती मिना खतिवडको अवस्था गम्भीर रहेको प्रहरी नायव निरीक्षक दीपक बरालले बताएका छन् । यसैगरी अन्य घाइतेहरु पिताम्बरका छोरा चालक वर्ष ४० का निर्मल खतिवडा,उनकी श्रीमती वर्ष ३० कि सृजना खतिवडा, वर्ष १० का निश्चल खतिवडा र १६ महिनाका बच्चा निर्भय खतिवडा रहेका छन् । घाइते सबैलाई उपचारको लागि बिराटनगरको न्युरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

रातीको समयमा बीच बाटोमा तेल भर्न रोकिराखेको उखु बोकेको ट्याक्टर लाई ठक्कर दिदा कार पूर्ण रुपले क्षतिग्रस्त भएको छ । ट्याक्टर र कार ईलाका प्रहरी कार्यालय लौकहीको नियन्त्रणमा रहेको छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने अालम पूर्वेली न्युजका इनरूवा सहकर्मी हुनुहुन्छ ।

मिकाइल अालमबाट थप

सुनसरीको भाण्टावारीमा अनियन्त्रित भई बस पल्टिँदा ७ जना घाइते

भारततर्फ लादै गर्दा गिट्टी सहित ट्याक्टर बरामद

श्रीमतीद्वारा २६ वर्षीय श्रीमानको हत्या, छोराछोरी सहित श्रीमती फरार

घुरको आगो निभाउने क्रममा सुनसरीमा बालिका गम्भीर घाइते

सिराहा बाट बिराटनगर आउदै गरेको बसले किचेर पानी बेच्ने बालकको मृत्यु

सशस्त्र प्रहरीद्वारा भन्सार छलेको अवैध सामान बरामद

आगलागी पीडित परिवारलाई २५ हजारका दरले राहत वितरण

सुनसरीमा गोलि चल्यो एकजना घाइते (तस्विरहरू सहित)

सुनसरीकाे कोशी गाउँपालीकामा भीषण आगलागी, ८ वटा घर पूर्ण रूपमा जलेर नष्ट, नियन्त्रण प्रयास जारी ( १३ तस्विरहरू)

कोशी टप्पुमा गोलि हानी ५ वटा चौपाया मारिए

तपाईको प्रतिक्रिया

Loading…