सुनसरीमा अनियन्त्रित भई हायस दुर्घटना हुँदा ८ जना घाइते

इनरुवा । सुनसरीको कोशी गाउँपालीका ७ स्थित आर्मी क्याम्प अगाडि अनियन्त्रित भई हायस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । शनिबार बिहान ३ बजेको समयमा काठमाडौं बाट झापा तर्फ जादै गरेको बा ४ ख ४१६ नम्बरको हायस अनियन्त्रित भई रुखमा ठोकिँदै दुर्घटना हुँदा ८ जना घाइते भएको सीमा प्रहरी चौकी भाण्टावारीले जनाएको छ ।

घाइतेहरुमा सुनसरी कोशी गाउँपालीका ७ हरिपुर बस्ने वर्ष २४ कि रश्मिता पोखरेल, सोही स्थान बस्ने ३७ का भीमप्रसाद भट्टराई, हायस चालक सिन्धुली तिनकन्या बस्ने वर्ष २४ का सुदिप ठकुरी, मोरङ जिल्ला बेलबारी १० बस्ने वर्ष ३३ का नारायण भट्टराई, बिराटनगर ४ बस्ने प्रकाश नेपाल, जिल्ला झापा बस्ने वर्ष ७० का प्रेम लिम्बू, झापा जिल्ला विर्तामोड ७ बस्ने वर्ष ७६ का कृष्णबहादुर लिम्बू र जिल्ला काभ्रे धुलिखेल बस्ने वर्ष ३८ कि सुभैना श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

घटनापछि घटनास्थल पुगेको प्रहरी टोलिले घाइतेहरुको उद्धार गरेर उपचारको लागि धरान पठाएको सीमा प्रहरी चौकी भाण्टावारीका प्रहरी नायब निरीक्षक अवधलाल साह सोनारले बताए । हायसमा ११ जना यात्री सवार थिए ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने अालम पूर्वेली न्युजका इनरूवा सहकर्मी हुनुहुन्छ ।

मिकाइल अालमबाट थप

सुनसरीको भाण्टावारीमा अनियन्त्रित भई बस पल्टिँदा ७ जना घाइते

भारततर्फ लादै गर्दा गिट्टी सहित ट्याक्टर बरामद

श्रीमतीद्वारा २६ वर्षीय श्रीमानको हत्या, छोराछोरी सहित श्रीमती फरार

घुरको आगो निभाउने क्रममा सुनसरीमा बालिका गम्भीर घाइते

सिराहा बाट बिराटनगर आउदै गरेको बसले किचेर पानी बेच्ने बालकको मृत्यु

सशस्त्र प्रहरीद्वारा भन्सार छलेको अवैध सामान बरामद

आगलागी पीडित परिवारलाई २५ हजारका दरले राहत वितरण

सुनसरीमा गोलि चल्यो एकजना घाइते (तस्विरहरू सहित)

सुनसरीकाे कोशी गाउँपालीकामा भीषण आगलागी, ८ वटा घर पूर्ण रूपमा जलेर नष्ट, नियन्त्रण प्रयास जारी ( १३ तस्विरहरू)

कोशी टप्पुमा गोलि हानी ५ वटा चौपाया मारिए

तपाईको प्रतिक्रिया

Loading…