सुनसरीको बराहक्षेत्रमा डुङगा दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

सुनसरी/ सुनसरीको बराहक्षेत्र नगरपालिका–१ कोशीगढमा आज डुङ्गा (नाउ) दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । मृत्यु हुनेमा भोजपुर आपचोक गाउँपालिका–८ का २० वर्षीय राजकुमार राई रहेको इलाका प्रहरी कार्यालय बराहक्षेत्रले जनाएको छ ।

दुर्घटनामा परेर भोजपुर आपचोक गाउँपालिका–८ का शङकर राई र अजय राई घाइते भएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ । बराह क्षेत्रबाट उदयपुर हँुदै भोजपुर जाने क्रममा डुङ्गा दुर्घटना हुँदा राजकुमारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बराह क्षेत्रका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताएका छन् । मृतक राईको शव परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

राससबाट थप

काठमाडौँ उपत्यका प्रवेश गर्ने साँगा नाकामा १३ जनामा कोरोना पुष्टि

सुनसरीको बराहक्षेत्रमा डुङगा दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

बस्तीमा बाढी पस्दा चार बेपत्ता

महाकाली नदीमा पानीको बहाव बढ्यो

प्रहरी प्रवक्ताको जिम्मेवारी कडायतलाई

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा जोशी

कोरोना परीक्षणका लागि सिंहदरबारबाट ५०८ को स्वाब संकलन

पूर्वरथी खड्काको निधन, सैनिक सम्मानका साथ अन्त्येष्टि

ह्युस्टनको चिनियाँ महावाणिज्य दूतावास बन्द गर्न अमेरिकी आदेश

कक्षा ११ को परीक्षा र मार्कसिट विद्यालयबाटै

तपाईको प्रतिक्रिया

Loading…