सुनसरीको दुहबीमा भिषण आगलागी, आगलागी नियन्त्रण बाहिर : ३ घाइते

dubhai-aaglagi

इटहरी । सुनसरी मोरङ औघोगिक करिडोर अन्तर्गत सुनसरीको दुहबीको एक फर्म उघोगमा भिषण आगलगी भएको छ । दुहबी भलुवा ४ स्थित कदमगाछीमा रहेको हनुमान्त पोलिट्याक फर्म उघोगमा भएका आगलागी नियन्त्रण भन्दा बाहिर छ । आगलागीमा परी ३ जना कामदार समेत घाइते भएका छन । घाइते हुनेहरुमा अमृत श्रेष्ठ, दिलिप चौधरी र राजु यादव रहेका छन । उनिहरुको स्थानिय अस्पतालमा उपचार भइरहेको छ ।

साझ ६.१५ बजे देखी शुरु भएको आगलागी अहिले सम्म नियन्त्रणमा आएको छैन । मनिस अग्रबालको उघोगमा लागेको आगलागी नियन्त्रण गर्न इटहरी, धरान, इनरुवा र बिराटनगरबाट दमकल घटनास्थलमा परिचालन गरिएको छ ।उघोग भित्र रहेको ग्यासको सिलिण्डर आगलागीमा परी बिस्फोट भइरहेको कारण पनि दमकललाई आगो निभाउन मुस्किल भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक शिव पोखरेलका अनुसार आगलागीका कारण उघोग भित्र रहेका ५ वटा सबारी साधन समेत जलेर नष्ट भएको छ ।

उघोगमा के कारणले आगलागी भयो यकिन नभएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणको लागी अहिले घटनास्थलमा ठुलो संख्यमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

तपाईको प्रतिक्रिया

Loading…