सुनसरीकाे खनारमा करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी / सुनसरीको खनारमा करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे छ । ईटहरी उप-महानगरपालिका-१३ खनारका फागुलाल सरदारको करेन्ट लागेर मृत्यु भएको हाे । बुधवार राती साँढे ७ बजेको समयमा आफ्नै घरमा लाईन जोड्ने क्रममा उनलाइ करेन्ट लागेकाे थियाे । घाईते भएका सरदारलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालय जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…