सिरहाको गोलबजार स्थित राइस मिलमा आगलागी

लहान / सिरहाको गोलबजार नगरपालिका–४ स्थित जय माँ धमिनी राइस मिलमा आज आगलागी हुँदा करीब रु ३० लाख मूल्य बराबरको क्षति भएको छ । गोलबजार नगरपालिकास्थित महेश साहले सञ्चालन गरेको सो मिलमा ड्रायर मेशिनमा धान सुकाउने क्रममा आगलागी हुँदा धान र मेशिन जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । आगलागी भएको जानकारी पाएलगत्तै प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोली, सशस्त्र प्रहरी बल, स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…