वडाध्यक्षको कुटपिटबाट दुई स्थानीय घाइते।

सिरहा / सिरहाको कल्याणपुर नगरपालिकामा सानो नालाको विवादमा वडा अध्यक्ष को कुटाईबाट दुई स्थानिय घाईते भएका छन । सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा न:१० को सडक र नालाको विषयमा कुटपिट भएको छ । वडा न:११ का वडा अध्यक्षको कुटपिट बाट स्थानिय वडा नं १० बस्ने ६५ वर्षीय किसुनदेब यादब , २१ वर्षीय संजय कुमार यादब घाइते भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले बताएको छ । समान्य नालाको विषय लिएर वडा नं: ११ का अध्यक्ष राजेश्वर यादब र आफन्तको कुटाई बाट घाइते भएको पिडितहरुको भनाइ रहेको छ । समान्य नालाको विषय लिएर भइरहेको कुराकानिमा विवाद भएको तर विवाद आफूसित नभएको र आफूलाई विपक्षीहरुले बदनाम गराउन हल्ला फैलाएको साथै वडामा आएर विस्तृत बुझ्न सकिने कल्याणपुर नगरपालिका वडा नं ११ का वडा अध्यक्ष राजेश्वर यादवले बताए । यता वडा नं १० का अध्यक्ष धनवीर मंडल धानुक संग यो विषयमा बुझ्दा आफुले विवाद भएको सुनेको तर विवादको विषयमा विस्तृत मा आफुलाई कुनै किसिमको जानकारी नभएको बताए । घाईते ६५ वर्षीय किसुनदेब यादबलाई नाकमा चोट लागेको छन भने उनका छोरा २१ वर्षीय छो संजय यादब हात काटिएको छ ।

तपाईको प्रतिक्रिया

Loading…