सामुदायिक वन क्षेत्रमा भुमाफियाको चलखेल

पथरी । भुमाफियाले सर्वसाधारण देखि बालुवाटार सम्म बेचिसकेका समाचार सार्बजनिक भईरहँदा मोरङको पथरीशनिश्चरे क्षेत्रमा समेत भुमाफियाको चलखेल शुरु भएको पाईएको छ ।

पूर्व–पश्चिम राजमार्गको बेलवारी–उर्लाबारी सडक खण्डको सामुदायिक वन क्षेत्रमा विभिन्न जात–जाती, र्धम र समुदायका मठ मन्दिर निर्माण गरिएका छन । अझ उर्लाबारी–पथरी सडक खण्डमा पर्ने बन क्षेत्रमा त बस्ती नै बसेको छ । ती जग्गाहरुमा भुमाफियाहरु सल्बलाएका छन ।

मोरङको पथरीशनिश्चरे ३ मा युवराज भुजेलले २०३४ साल देखि झोडा फडानी गरी भोग चलन गर्दै आएको जग्गा भुमाफियाले एनसिसि बैंकमा धितो राखेको समेत तथ्य फेला परेको छ । आफुले भोगचलन गर्दै आएको जग्गा सोही स्थानको कमल गुरुङले किर्ते धनिपुर्जा बनाई बैकबाट २५ लाख ऋण लिसकेका रहेछन । सोही जग्गा पुर्ण ऋण थप गर्ने प्रोसेसमा जाँदा बैकले जग्गा हेर्ने भनेर जाँदा भुजेल लगायत स्थानियले सोही कुरा थाह पाएका थिए ।

स्थानियले घेरेपछि कमल गुरुङ भाग्न सफल भए पनि स्थानियले गुरुङ संग आएका बैंकका कर्मचारीलाई भने छाडेनन् । बिबादले उग्र रुप लिएपछि जनप्रतिनिधी र प्रहरी प्रशासनको रोहबरमा ३ दिन भित्र गुरुङलाई उपस्थित गराई छलफल गर्ने सहमतीका साथ छोडिएको छ । यो त एउटा प्रतिनिधि घटना मात्र हो । यतिबेला सो क्षेत्र र आसपासमा भुमाफियाहरु तिब्र रुपमा सक्रिय भएका छन ।

तपाईको प्रतिक्रिया

Loading…