साईकलबाट लडेर बिद्यार्थीको मृत्यु

मोरङ । मोरङको विराटनगर महानगरपालिका १८ डामाडिकीमा बिहिबार साईकलबाट लडेर १ जना बिद्यार्थीको मृत्यु भएको छ ।
बिहान ९ बजेको समयमा जनबिकास माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत बर्ष १५ को बिक्रम कुमार अमात बिद्यालयबाट साईकलमा घर फर्कने क्रममा लडेर घाइते भएका थिए ।
लडेर गम्भीर घाइते भएका अमातलाई उपचारको लागि न्यूरो अस्पताल बिराटनगर पठाईएकोमा उपचारको क्रममा बिहान १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…