ससुराकाे मलामीबाट फर्कने क्रममा माेटरसाईकलकाे ठक्करबाट क्याम्पस प्रमुखकाे मृत्यू (तस्विरहरू सहित)

मोरङ । मोरङको पथरीशनिश्चरेमा मोटरसाईकलको ठक्करबाट शनिबार एकजनाको मृत्यू भएको छ । मृत्यू हुनेमा तेह्रथुम जिल्ला लालीगुराँस नगरपालिका २ बसन्तपुरका उद्दब नेपाली रहेका छन । बसन्तपुर माध्यमिक बिद्यालयका प्रधानाध्यापक समेत रहेका नेपाली शुक्रबार ससुरा मेघराज कार्की ढोलीले आत्माहत्या गरेपछि मलामी आएका थिए ।

मलामी गएर फर्कने क्रममा पछाडीबाट आएको को ३ प ७९०९ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा नेपालीको मृत्यू भएको हो । मलामी गएर ससुराली पथरी फर्कने क्रममा पथरीशनिश्चरे १ लाटिखोलामा दुर्घटना भएको थियो । मोटरसाईकल चालक संजय कामीले अत्याधिक मापसे गरेर मोटरसाईकल चलाएको र मलामी गएर फर्केका ३ जनालाई बाईकले पछाडिबाट ठक्कर दिएको थियो ।

घाईते हुनेमा उर्लाबारी २ का छत्र बहादुर दर्जी र तेह्रथुम लालीगुराँस नगरपालिका ८ लसुनेका पदमबहादुर नेपाली रहेका छन । मोटरसाईकलले मान्छेलाइ ठक्कर दिएपछि मोटरसाइकल कारमा गएर ठोक्किएको थियो । बाईक चालक कामी सख्त घाईते भएका छन् । उनको र छत्र बहादुर दर्जीको पथरीशनिश्चरेको पथरी हस्पिटलमा र घाईते पदमबहादुर नेपालीको मोरङ डाईग्नोस्टिक सेन्टरमा उपचार भईरहेको छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

मुर्ति र हस्तकलामा रुमलिएका दिलमान (तस्विरहरू सहित)

शङ्कराचार्य हेमानन्द गिरी सहित छठ पुजा पथरीमा

विश्व शान्तिको कामनामा पदयात्रा

पञ्चायतकाे दशैँ, तिहार र छैठ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

मापदण्ड विपरित सञ्चालनमा रहेकाे स्वास्थ्य संस्था सिलबन्दी

पथरीशनिश्चरे खुला नकआउट फुटवल : लेटाङ फाईनल प्रवेश

मुसहर बस्ती भिलिमीली

बिध्यालय जोगाउन बाल क्लव र जनप्रतिनिधी जुट्दै

ब्लड क्यान्सर पिडित धड्कनलाई ने.का. को ७१ हजार सहयोग

दीर्घरोग संग जुधिरहेकाहरुलाई ४ लाख ३० हजारकाे उपचार सहयोग : लेटाङ नगरपालिका

तपाईको प्रतिक्रिया