गाउँमा सवारी साधन नपुग्दा ढुवानीकाे माध्यम बन्दै घाेडा

तेह्रथुम । जिल्लाको पश्चिमी क्षेत्रका स्थानीयहरुले सवारी साधानको बिकल्पको रुपमा घोडालाई प्रयोग गर्दै आएका छन । गाउँ गाउँमा सडक सञ्जालहरुले जोडिए पनी भरपर्दाे सवारी साधान नभएकाले घोडालाई प्रयोग गर्दै आएको यहाँका स्थानीयहरुले बताउने गरेका छन ।

सवारी साधानको भर नहुनुको साथै कम समाग्री ढुवानीको लागी धेरै खर्च लाग्ने भएकाले जिल्लाको छथर क्षेत्रका स्थानीयहरुका लागी सवारी साधन घोडा बनेको मार्गदेबी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष टिकाराम बस्नेतले बताए । ग्रामिण क्षेत्रमा सवारीका साधनहरु प्रयाप्त रुपमा सञ्चालन हुन नसक्नुका साथै बर्षादको समयमा सवारी साधान सञ्चालनमा समस्याले हैरानी खेप्दै आएका यहाँका स्थानीयहरुले पछिल्लो समय घोडालाई रोज्न थालेका बस्नेतको भनाई छ । बिषेश गरी यहाँका स्थानीयहरुले उत्पादन गरेको दुध ढुवानीमा घोडा प्रभाबकारी साधन बनेको छ । दुध बिक्रीबाट राम्रो आम्दानी लिँदै आएका यहाँका कृषकहरु दुध बिक्रीबाटै लाखौ रुपैयाँ भित्र्याउन सफल बनेका यहाँका कृषकहरु पछिल्लो समय गाईफर्म दर्ता गर्नेको संख्या बढ्दो रहेको जिल्ला पशु कार्यालय तेह्रथुमले जनाएको छ ।

पछिल्लो समय यस क्षेत्रमा ब्याशायिक गाईपालन तर्फ युबाहरुको आकर्षण बढ्दो रुपमा रहेको जिल्ला दुग्ध उत्पादन सघका अध्यक्ष बुद्धिमान खुलालले बताए । गाउँमा उत्पादन भएको दुध सावरी साधानको लागी प्रयाप्त नभएको र धेरै खर्च लाग्ने भएकाले ढुवानीको घोडालाई रोजेको छथर गाउँपालिका १ का राज कुमार पन्तले बताए ।

तपाईको प्रतिक्रिया

Loading…