सल्यानमा ट्रक दुर्घटना, १० जना घाइते

सल्यान / सल्यानमा ट्रक दुर्घटना हुँदा १० जना घाइते भएका छन् । रुकुमबाट दाङ तुलसीपुर जाँदै गरेको ना ४ ख ९७११ नम्बरको ट्रक कपुरकोट गाउँपालिका ३ आगरखोलाको घुम्तीमा दुर्घटना भएकाे हाे । घाइतेहरूलाइ उपचारका लागि दाङ पठाइएको प्रहरीले बताएको छ । ट्रक सडकदेखि करिव ५५ मिटर तल खसेको छ। दुर्घटनाको कारण खुल्न नसकेको र चालक समेत घाइते भएकाले अनुसन्धानमा केही ढिलाई भएको प्रहरीको भनाई छ।

तपाईको प्रतिक्रिया

Loading…