सर्लाहीकि एक महिलाले गरिन बञ्चरोले हानेर आफ्नै पतिकाे हत्या

सर्लाही / सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ कालिन्जोरमा पत्नीले प्रहार गरेकाे बञ्चरोले लाग्दा पतिको मृत्यू भएकाे छ । ५४ वर्षीय अम्बरबहादुर परियारलाई उनकी श्रीमती सोनामाया नेपालीले टाउको र ढाडमा बन्चरोले हानेर हत्या गरेकी सर्लाहीका प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले जानकारी दिएका छन् । हत्यामा प्रयोग भएको बन्चरो समेत घटनास्थलमा भटिएकाे प्रहरीले जनाएको छ।

छोराहरु कामका सिलसिलामा बाहिर बस्ने गरेकाले घरमा पतिपत्नी मात्रै बस्दै आएका थिए। मदिरा सेवन गरी झगडा गरेको रिसमा आफूले हत्या गरेको बयान नेपालीले प्रहरीलाई दिएकी छन्।

तपाईको प्रतिक्रिया

Loading…