सर्पले टोक्दा बालकको मुत्यु

पाल्पा / पाल्पाको रामपुर नगरपालिका–१०, बर्दलेका सात वर्षीय कृष्ण कुमालको विषालु सर्पको टोकाइबाट मृत्यु भएको छ । राति सुकेको अवस्थामा नै सर्पले टोकेको र परिवारलाई सर्पले टोकेको भन्ने थाहा नभएकाले अस्पताल पु¥याउन ढिलो हुँदा बालकको ज्यान गएको हो ।

खाना खाएर बुबाआमासँगै सुतेका कृष्णलाई राति सर्पले डसेको कृष्णका ठूलो बुबा केदार कुमालले जानकारी दिनुभयो । कुमाललाई सर्पले दाहिने हातको कान्छी औँलामा टोकेको डाम रहेको रामपुर अस्पतालका डा सर्जु श्रेष्ठले बताउनुभयो ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…