सभाखोलामा पौडी खेल्ने क्रममा एक बेपत्ता

संखुवासभा / संखुवासभाको सभाखोलामा पौडी खेल्ने क्रममा शनिबार एक युवा बेपत्ता भएका छन् । पौडी खेल्ने क्रममा चैनपुर नगरपालिका ११ का १७ वर्षीय सहदेव राई बेपत्ता भएका हुन् ।

साथीसँग पौडी खेल्न गएका राई दिउँसो २ः३० बजे बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राई अन्य चार जना साथीसँग पौडी खेल्न गएका थिए । उनको खोजी भइरहेको छ ।

तपाईको प्रतिक्रिया

Loading…