सप्तरीमा अज्ञात समूहद्वारा एक युवकमाथि गोली प्रहार, थप उपचारकाे लागि लगियाे धरान

सप्तरी / सप्तरीमा अज्ञात समूहले एक युवामाथि गोली प्रहार गरेका छन् । राजविराट डाक्नेश्वर नगरपालिका ७ ब्रहमपुरका २५ वर्षीय भगवती मण्डलमाथि गोली प्रहार भएको हो ।

उनीमाथि विशहरिया स्थित कोशी पम्प नहरमा अज्ञात समूहले गोली हानेको थियो । उनको बाँया पाखुरामा गोली लागेको र उपचारका लागि धरानतर्फ पठाइएको सप्तरीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाइँले जानकारी दिए ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…