सप्तकोशी नदीले बगाएर ११ बर्षीय बालकको मृत्यु

सुनसरी / सुनसरीको बराहक्षेत्र नगरपालिका-६ का शिवराज राईको ११ बर्षीय छोरा मेदिम राईको सप्तकोशी नदीले बगाएर मृत्यु भएको छ ।

आज दिउँसो पौने १ बजे मेदिम सहित ५ जना नदीमा पौडी खेल्न गएकोमा पौडी खेल्ने क्रममा बालकलाई नदीले बगाएको थियो । घटनास्थलदेखी करिव ८०० मिटर तल नदीले बालकलाई बगाउदै गरेको देखि सो स्थानमा माछा मार्ने ब्यक्तिहरुले उद्धार गर्दा बालकको मृत्यु भईसकेको जनाईएको छ ।

उक्त स्थानमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटि गई अनुसन्धान तथा कानूनी प्रकृया भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…