सडक सौर्यबत्तिमा अनियमितताको आरोप लगाउँदै ज्ञापनपत्र

मोरङ । मोरङको बेलवारी ११ लक्ष्मीमार्गस्थित वडास्तरीय सडक सौर्य बत्ति जडानमा ढिलाई र आर्थिक अनियमिता भएको आशंंंका गर्दै नेपाली काँग्रेस लगायतका दलहरुले बेलबारी नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन ।

आईतबार नेपाली कांंग्रेस सहित संघिय समाजवादी फोरम नेपाल,राष्ट्रिय खम्बुवान मोर्चा, राट्रिय प्रजातान्त्रीक पार्टी र संघिय लोकतान्त्रिक मञ्चले संयुक्त बिज्ञप्ती समेत निकाल्दै बेलवारी नगरपालिकामा उपप्रमुख ढाका पराजुलीलाई ज्ञापनपत्र बुझाएका हुन् । गत चैत्र ३ गते ११ नम्बर वडा स्तरीय सडक सौर्यबत्ति जडान उपभोक्ता समिति र सोको अनुगमन समिति समेत गठन भएको थियो । सडक सोलर जडान उपभोक्ता समितिले हालको मिति सम्म कामको प्रारम्भिक थालनी हुन नसकेको कारण दिनानुदिन गम्भिर आशंका, उपशंकाहरु पैदा गाराईरहेको एवंं आम उपभोक्ताहरुवाट समेत गुनासो बढिरहेको अवस्थालाई मध्यनजर गरी विकास निर्माणका कुनै पनि कार्यहरु समयमै पारदर्शी ढंगले सम्पन्न हुनुपर्ने नेपाली कांग्रेसका वलबहादुर मगरले बताए ।

लक्ष्मीमार्गका बिसाल कटुवालले आन्तरिक रुपमा लगत इष्टिमेट सहित ९० हजारमा र नवराज राईले पनि सोहि प्रकृयावाट ९३ हजारमा भिन्दा भिन्दै कोेटेसन तथा अन्य कागजातहरु पेश गरिएको भएता पनि त्यसको कुनै प्रवाह नगरी काठमाण्डौमा रहेको बशन्ती इनर्जी सप्लायर्ससंग १ लाख १२ हजार ९ सय प्रति गोटाको दरले खरीद कार्य गर्ने सम्झौता भएको जानकारी प्राप्त भएको बिज्ञप्तीमा उल्लेख छ ।

उक्त बिज्ञप्ती अनुसार हाल जडान गर्न सम्झौता गरीएको बशन्ती इनर्जी सप्लायर्सले करिव २३ हजार बढि मुल्यमा सम्झौता भएको प्रती ती दलहरुले आपत्ति प्रकट गरेका छन । नगरपालीका बाट सौर्यबत्ति जडान गर्न भनेर यो आर्थिक वर्षमा २५ लाख नगद उक्त ११ नम्वर वडालाई बिनियोजन गरेको देखिन्छ । बेलवारी नगरपालिकाकी उपप्रमुख पराजुलीका अनुसार नगरले सो सोलर खरिद प्रकृयाको सत्यतथ्य छानविन गरी उचित मुल्यमा चाँडै ११ नम्बर वडामा सडक सौर्य बत्ति जडान गरिने बताईन् । उक्त ज्ञापन पत्रमा नेपाली कांंग्रेसका वलबहादुर मगर, संघिय समाजवादी फोरम नेपालका अकिलमान राई ,राष्ट्रिय खम्बुवान मोर्चाका कमल गुरुङ, राट्रिय प्रजातान्त्रीक पार्टीका दुर्गा बहादुर कटुवाल र संघिय लोकतान्त्रिक मञ्चका राजेश राईको हस्ताक्षर रहेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…