सडक र्मतमा स्वतस्पुर्त जनप्रतिनिधि र स्थानीय जुट्दै

तेह्रथुम / बिभीन्न योजनाहरु सञ्चालन तथा मर्मतका लागी सरकारकै मुख ताक्ने गरीन्छ । जनप्रतिनिधीहरु स्थानीय तहको गाउँसभाहरुमा बजेट बिनीयोजन तथा योजनाहरु प्राथमिकतामा राख्दै आउने गरेका छन । बर्षाले क्षतबिक्षत् बनेका सडकहरु सरकारी बजेटकै भरमा मर्मत सम्भार गर्दै गरीएको छ । बर्षाका कारण सडकहरुको बिभीन्न खण्डमा पहिरो जानको साथै ट्याक्टरले खल्डाखुल्डी पारे सँगै सवारी आबात जावतमा समस्या हुने गरेका छन ।

बर्षाले अबरुद्ध बनेको धनकुटाको सिधुवा आङदिम सुक्रबारे पनि हो । यो सडकमा यहाँका स्थानीयहरुले उत्पादन गरेको दुध लगायत कृषीजन्य बस्तु ढुवानी गर्ने गरीएको छ । बर्षाले सडकको ठाउँ ठाउँमा क्षती पुर्याएर सँगै दैनिक लाखौ रुपैया गुमाउनको बिकल्प नरहेको वडा अध्यक्ष नुम बहादुर मगरले बताए । अहिले यो सडक मर्मत तथा सम्भारका लागी हरेक शनिबार जनप्रतिनिधीहरुको अगुवाईमा स्थानीयहरु जुट्दै आएका छन । आफ्नो गाउँ आफै बनाऔ भन्ने उदेश्यका साथ यहाँका जनप्रतिनिधीहरुको अगुवाईमा स्थानीयबासी सडक मर्मत सम्भारमा जुटेका हुन । सडकको बिभीन्न खण्डहरुमा पानी कटाउने,ढुङगा लगाउने,पहिरो पन्साउने लगायतका कामहरु भई रहेको अध्यक्ष मगरले बताए ।

सिधुवा बजार देखी करिब ६ किलोमिटर सडक खण्डमा स्थानीयहरु स्वतस्पुर्त रुपमा सडक मर्मत तथा सम्भारका लागी जुट्न थालेको स्थानीय बेदनिधी भट्टराईले बताए । तरकारी खेतीका साथै दुध उत्पादनको पकेट क्षेत्रको रुपमा रहेको यहाँको बस्तीलाई चिनिन्दै आएको छ । सवारी साधान नचल्दा यहाँ उत्पादन भएको दुधजन्य पदार्थ खोलामा बगाउनको बिकल्प नरहेको अगुवा कृषक राज कुमार पन्तले बताए । यहाँका उत्पादन भएको तरकारी बिक्रीका लागी तेह्रथुमको सुक्रबारे बजार,शनिश्चरे ओख्रेका साथै धनकुटाको सिधुवा र बसन्तपुर लगायतका बजारहरुमा लैजाने गरीएको स्थानीय टेक बहादुर श्रेष्ठले बताए । यो सडक मर्मत सम्भारमा हरेका शनिबार यहाँका स्थानीय ५० देखी ६० जना जुट्ने गरेका छन । बर्षाका कारण चपरीचौक सल्लेरी सडक खण्डमा पहिरो जाँदा सवारी साधान आबात जावतमा समस्या भएको वडा कार्यालयका कर्मचारी शेखर लिम्बुले बताए । बर्षाका कारण सवारी साधान चल्न नसक्दा यहाँका बिरामीहरुलाई उपचारका लागी स्वास्थ्य संस्थामा लैजानका साथै यहाँ उत्पादित बस्तु ढुवानीमा समस्या हुँदै आएको स्थानीयबासीहरुले बतउने गरेका छन ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने पाक्साँवा पूर्वेली न्युजका तेह्रथुम सहकर्मी हुनुहुन्छ ।

प्रकाश पाक्साँवाबाट थप

लगानी गुमाउँदै चिया किसान

क्यान्सर पीडित सुरजलाई ईजराईलबाट बास्कोटाकाे सहयोग

खजुम लिम्बुहरुको माङगेना योमुई चाम्खासिङ यक संरक्षणमा चासो

बिदेशबाट फर्किएका, युवाहरु अलैची खेतीमा

छथर गाउँपालिका हमरजुङमा जोरधारा वाबुन टोल बिकास समिती गठन

चाडपर्बमा हुने अपाराधिक घटना न्युनिकरणका लागी छथरमा प्रहरी सुरक्षा सतर्कता

१० रुपैयाँ बाट सुरू भएकोे समुह, करोडाै कारोबार गर्दै

तेह्रथुमकाे छथरमा १३७ घरमा जाेडियाे खानेपानी मिटर

सिँचाई गर्न पानी जोहो गर्दै किसान

बर्षाका कारण तेह्रथुम सुक्रबारे बजारमा १ घर भत्कियो

तपाईको प्रतिक्रिया