सडकमा पार्किङ गर्न दिनु पर्ने माग गर्दै बजार बन्द

विराटनगर / विराटनगर महानगरपालिका–९ को जलजला चौकदेखि बुधहाट चौकसम्मको क्षेत्रमा मंगलबार दिउँसोबाट बजार तथा पसल बन्द गरिएको छ ।

मेन रोडको लगभग पाँच सय मिटर क्षेत्रफलमा महानगरपालिका कार्यालयले सवारी साधन पार्किङ निषेध गरेपछि व्यापारी आन्दोलित बनेका हुन् । निक्कै लामो समयदेखि सडकको दुवैतर्फ पार्किङ निषेध गरिएको थियो । तर आजबाट व्यापारीहरु यसको विरोधमा उत्रिएर बजार एवं पसल स्वतस्फुर्त रुपमा बन्द गराएका हुन् । महानगरले सडकमा गरिने पार्किङमा रोक लगाउँदै आफ्नै खाली जग्गा ‘बी’ प्लटमा पार्किङको व्यवस्था गरेको थियो ।

कपडा व्यापारी महेश साहले सडकको एकातर्फ पार्किङ गर्न दिनु पर्ने आफूहरुको माग रहेको बताए । निक्कै टाढा पार्किङको व्यवस्था गरिएका कारण त्यहाँबाट पसलमा सामान खरिद गर्न ग्राहाक नआउँदा व्यापार व्यवसाय चौपट बनेको साहको गुनासो छ ।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोदारले महानगरले निषेध गरेको सडकमा पार्किङ गर्न दिन नसकिने बताए । ‘सवारी साधन सञ्चालन गर्ने सडकमा पार्किङ गर्न दिन हुँदैन,’ उनले भने, ‘साँघुरो सडकमा पार्किङ गरेमा सवारी साधन सञ्चालनमा अवरोध सिर्जना भएर ट्राफिक व्यवस्थापन भद्रगोल हुन्छ ।’

Loading…

तपाईको प्रतिक्रिया