सखुवाको काठ सहित ४ जना पक्राउ

ईलाम / ईलामको चुलाचुली गाउँपालिका-५ सिंधुवा खोलाबाट आज बिहान ८० क्यु.फि. सखुवाको काठ सहित ४ जनालाई नियन्त्रणमा लिईएको छ । प्रहरी चौकी पेल्टीमारी र सब डिभिजन बन कार्यालय चुलाचुलीबाट खटिएको संयुक्त टोलीले अवैध रुपमा साईकलमा लोड गरेर ल्याउदै गरेको अवस्थामा ईलाम माङ्सेबुङ गाउँपालिका-४ बस्ने बर्ष १९ को सबिन लिम्बु, बर्ष २१ को राज
कुमार पाल, बर्ष १३ को सगुन लिम्बु र बर्ष १५ को सुभित राईलाई नियन्त्रणमा लिईएको हो । काठ सहित ओसारपसारमा प्रयोग भएको २० थान साईकल समेत बरामद गरेको छ । बरामद काठ सहित चारै जनालाई आवश्यक कानूनी कारवाहीको लागि सब डिभिजन बन कार्यालय चुलाचुली पठाईएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

तपाईको प्रतिक्रिया

×