संखुवासभामा स्काभेटर पल्टिदा चालकको घटना स्थलमै मृत्यु


संखुवासभा / सभापोखरी गाउँपालिका–४ खेवरिङमा स्काभेटर पल्टिदा चालकको मृत्यु भएको छ। आइतबार ९ बजे बाटो खन्ने क्रममा माथिबाट खसेको ठूलो ढुङ्गाले लागेर सिन्धुपाल्चोक जुगल गाउँपालिका–१ का पतरुस श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी श्यामसारु मगरले जानकारी दिए ।

डिएसपी मगरकाअनुसार सडक खन्ने क्रममा माथिबाट खसेको ढुङ्गाले स्काभेटरमा लागेर पल्टिएको र ५० मिटर तल भिरमा खसेको थियो। स्काभेटर चालक श्रेष्ठको ढुङ्गाले लागेर घटना स्थलमै मृत्यु भएको डिएसपी मगरले जानकारी दिए। घटनास्थल सदरमुकाम खाँदबारीबाट १ दिनको पैदल दुरीमा पर्छ। मृतकको शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल संखुवासभा खाँदवारीमा ल्याइन लागेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया