संखुवासभाको सिसुवाखोलाले बगाएर बेपत्ता भएका राई मृत फेला

संखुवासभा / संखुवासभाको सिसुवाखोलाले बगाएर बेपत्ता भएका राई मृत फेला परेका छन् । संखुवासभाको सिसुवाखोलाले बगाएर बेपत्ता भएका सिलिचोङ गाउँपालिका-१ चिवाका ३० बर्षीय कवित राई मृत अवस्थामा फेला परेका हुन् । गत साेमबार बिहान १० बजे सिलिचोङ गाउँपालिका-२ पोखुमटारबाट आफ्नो घर तर्फ फर्कदै गरेका राईलाई पोखुम्टार र चिवाको बिचमा पर्ने सिसुवाखोलाले बगाउँदा बेपत्ता भएका थिए ।

राईको खोजतलासमा खटिएको प्रहरीले आज बिहान ११ बजे दुम्बा स्थित संखुवाखोलाको चेपमा राईलाई मृत अवस्थामा फेला परेकाे र शव परिक्षणको लागि जिल्ला अस्पताल खाँदवारी पठाईएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…