संखुवासभाको मादीमा एक महिला बलात्कात्कृत

संखुवासभा / संखुवासभाको मादीमा एक महिला बलात्कात्कृत भएकाे अाराेपमा एक जना पक्राउ परेका छन् । संखुवासभाको मादी नगरपालिका-४ की ३५ बर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा भारत माल्दा जिल्ला नमुनिया घर भई मादी नगरपालिका-४ मा बसोबास गर्ने ३९ बर्षीय शेफ कुलिन पक्राउ परेका हुन् । मादी नगरपालिका-४ मा बसी कवाडी किनबेच गर्दे आएका निजले आज बिहान ९ बजेको समयमा मानसिक रोगी समेत भएकी महिलालाई मेलबोटे जंगलमा जबरजस्ती करणी गरीरहेको अवस्थामा स्थानीयले फेला पारी प्रहरीलाई खबर गरेका थिए ।

८ वर्ष अघि देखि कवाडी सामान खरिदका क्रममा मादी आउने जाने गरेका कुलिनलाइ प्रहरी चौकी मादीराम्बेनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी ईलाका प्रहरी कार्यालय चैनपुर पठाईएको छ । पिडित महिलाको मानसिक सन्तुलन समेत ठिक नभएको बताइएको छ । कुलिनको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…